भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

प्रचण्डजीको ‘उत्तराधिकारी’ बन्ने नारायणकाजीको सपना, भन्छन्, ‘कुनै समस्या छैन’

प्रचण्डजीको ‘उत्तराधिकारी’ बन्ने नारायणकाजीको सपना, भन्छन्, ‘कुनै समस्या छैन’

काठमाडौं । नेकपा माओवादी केन्द्र भित्र वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उत्तराधिकारी बन्न चाहेको खुलासा भएको छ । अध्यक्ष प्रचण्डको उत्तराधिकारी बन्न कुनै समस्या नभएको भन्दै उनले अभिव्यक्ति सार्वजनिक गरेका छन् । उनले पार्टीलाई औपचारिक चुनावमा भन्दा विवेकी निर्णय बाट यस्तो गर्ने थलो बनाउनुपर्ने बताए । उनले गुटको कामै छैन भन्ने पक्षमा आफू रहेपनि पार्टीभित्र गुट रहेको स्वीकारे ।

भने, विचारको संघर्षले पार्टीलाई क्रान्तिकारी बनाउँछ। तर विचारको संघर्ष नगर्ने तर अरू अरू कुरामा व्यक्तिको स्वार्थजन्य समूह बनाएर गुट बनाउने कामले पार्टी बनाउँदैन । ३६ वर्षदेखि पार्टीको प्रमुख नेता भएकाले पार्टीभित्र भइरहेको गुटवाद, व्यक्तिवाद र भ्रष्टीकरण नियन्त्रण नगरेकोमा अध्यक्षले मुख्य जिम्मेवारी लिनुपर्ने बताए । अरूले पनि प्रचण्ड बराबरको जिम्मेवारी लिनुपर्छ ।

तर अध्यक्षले नै गुट बनाउनुभएको छ र उहाँ नै गुटको वाहक हो भनेर भन्न मिल्दैन। उनले अब गल्ती स्वीकार गरेर अब विशेष महाधिवेशन वा राष्ट्रिय महाधिवेशनमा जानुपर्ने बताए । पार्टी पूर्नगठनबारे भनेका छन्, हाम्रोमा पनि छलफल र बहस छ। तर अहिले पार्टीले रूपान्तरण, पुनर्गठन र राष्ट्रिय कार्यभार पूरा गर्नुपर्छ भन्ने हो। त्यो प्रक्रियामा जाने सिलसिलालाई मुख्य बनाउनुपर्छ। त्योसँग जोडेर मात्रै नेतृत्व परिवर्तनको कुरा गर्नुपर्छ।

हामीसँग राजनीतिक कार्यभार छ, त्यसका निम्ति पार्टी फेर्नुपर्छ र क्रान्तिकारी र शक्तिशाली बनाउनुपर्छ। हाम्रो छलफल अरूको भन्दा फरक छ। हामीले रूपान्तरण र पुनर्गठनलाई नै मुख्य बनाउने भनेका छौं । यही सन्दर्भमा नेतृत्वको कुरा आउँछ। कमरेड प्रचण्डले आफै नेतृत्व छाड्दैछु भन्नुभयो । उहाँले आफू धेरै लामो जाने पक्षमा छैन भनिसक्नुभएको छ।

तर जसरी हामीले सुशासन, समृद्धि र सामाजिक न्यायको अभियान सञ्चालन गरेका थियौं र त्यसबाट सफलता पनि हासिल हुँदै थियो, फेरि त्यस्तै काम गर्ने सक्ने पार्टी बनाउन अन्तिम योगदान गर्ने मेरो इच्छा भन्नुभएको छ। पहिले पार्टी नेतृत्व गरेर यहाँसम्म ल्याइपुर्‍याइयो, तर केही कमजोरी भए, यो पार्टीलाई फेरि एकताबद्ध, रूपान्तरित, क्रान्तिकारी र शक्तिशाली बनाउने काममा केही समय लाग्न पाए र पार्टीलाई अलि सक्षम ठाउँमा पुर्‍याउन पाए म छोड्छु भन्नुभएको छ।

दुईरतीन वर्ष भन्नुभएको छ। यो रूपान्तरण पुनर्गठनको समयसम्मलाई मात्रै हो। उहाँले सातै प्रदेशमा गएर हाम्रो जस्तो उत्तराधिकारीको पंक्ति कुनै पार्टीमा छैन भन्नुभएको छ। अहिले संकटको घडीमा रूपान्तरण र पुनर्गठनको काम अगाडि बढाउन उपयुक्त हुन्छ, त्यो काम पुरा गर्छु ।

 


Thali Mobile Pvt.Ltd.