भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

रविलाई घुमाए फनफन्ति, म्याद थप गर्न अदालतपछि चितवन लैजाने तयारी

रविलाई घुमाए फनफन्ति, म्याद थप गर्न अदालतपछि चितवन लैजाने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अनुसन्धान गर्न पाँचौ पटक म्याद थप हुन लागेको हो । यसअघि कास्की जिल्ला अदालतल कात्तिक ४ मा ६, कात्तिक ८ मा ७, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा चार दिन बयान लिएर फेरी पोखरा लगिएको हो ।

रविलाई कास्कीमा आज म्याद थप गरेर प्रहरी परिसर काठमाडौंले अनुरोधमा अनुसन्धानका लागि काठमाडौं पठाइने कास्कीले जनाएको छ । रवि कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरेकोले तेता लैजाने तयारी गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.