भर्खरै : Sorry, your browser does not support inline SVG.
स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न |

रविलाई घुमाए फनफन्ति, म्याद थप गर्न अदालतपछि चितवन लैजाने तयारी

रविलाई घुमाए फनफन्ति, म्याद थप गर्न अदालतपछि चितवन लैजाने तयारी

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइँदैछ । सहकारी ठगी प्रकरणमा पक्राउ परेका उनलाई प्रहरी हिरासतमा राखेर अनुसन्धान गर्न म्याद थपका लागि आज अदालतमा उपस्थित गराउन लागिएको प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

अनुसन्धान गर्न पाँचौ पटक म्याद थप हुन लागेको हो । यसअघि कास्की जिल्ला अदालतल कात्तिक ४ मा ६, कात्तिक ८ मा ७, कात्तिक २० मा १० र कात्तिक २५ मा १३ दिन म्याद थप गरेर प्रहरीलाई अनुसन्धान गर्न अनुमति दिएको थियो । यसबीचमा उनलाई रुपन्देहीसमेत पुर्याइएको थियो । बुटवलको सुप्रिम सहकारीको बचत रकम हिनामिनामा चार दिन बयान लिएर फेरी पोखरा लगिएको हो ।

रविलाई कास्कीमा आज म्याद थप गरेर प्रहरी परिसर काठमाडौंले अनुरोधमा अनुसन्धानका लागि काठमाडौं पठाइने कास्कीले जनाएको छ । रवि कार्तिक २ गते काठमाडौंबाट पक्राउ परेका थिए । उनीविरुद्ध चितवनमा पनि पक्राउ पुर्जी जारी गरेकोले तेता लैजाने तयारी गरिएको छ।

 


Thali Mobile Pvt.Ltd.