भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ ।

बीआरआईको कार्यक्रमका लागि बेइजिङ गएका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए । हाल उनलाई आईसीयूमा राखिएको छ । उनी अहिले खतरामुक्त छन् । बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो ।

 


Thali Mobile Pvt.Ltd.