भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

चीनमा रहेका गृहमन्त्री श्रेष्ठलाई ‘माइल्ड हर्टअट्याक’ भएपछि अस्पताल भर्ना

काठमाडौं । चीनमा रहेका उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ अस्पताल भर्ना भएका छन् । स्वास्थ्यमा समस्या देखिएपछि श्रेष्ठलाई बेइजिङस्थित एक अस्पतालमा भर्ना गरिएको छ । चेकजाँचका क्रममा उनलाई माइल्ड हर्टअट्याक भएको पत्ता लागेको छ ।

बीआरआईको कार्यक्रमका लागि बेइजिङ गएका श्रेष्ठलाई बुधबार दिउँसोदेखि नै असहज भइरहेको स्वकीय सचिव सुरेशकाजी श्रेष्ठले बताए । बेलुका कोठामा फर्किएपछि धेरै नै छाती दुखेपछि अस्पताल लगिएको थियो ।

अस्पतालमा उनको एन्जियोग्राम गरेर हेर्दा मुटुको एकतर्फीको भल्भमा रक्तसञ्चारमा अवरोध देखिएपछि त्यसलाई खुलाइएको स्वकीय सचिव श्रेष्ठले बताए । हाल उनलाई आईसीयूमा राखिएको छ । उनी अहिले खतरामुक्त छन् । बीआरआईको कार्यक्रममा सहभागी भएर शुक्रबार नेपाल फर्किने कार्यक्रम थियो ।

 


Thali Mobile Pvt.Ltd.