भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

नासाद्वारा सुपर सोनिक विमान सार्वजनिक,वर्षको अन्त्यमा पहिलो पटक परीक्षण उडान भर्ने

नासाद्वारा सुपर सोनिक विमान सार्वजनिक,वर्षको अन्त्यमा पहिलो पटक परीक्षण उडान भर्ने

एजेन्सी । नासाले सुपर सोनिक विमान एक्स ५९ सार्वजनिक गरेको छ । अमेरिकाको अन्तरिक्ष एजेन्सी नासाले ध्वनिको गतिभन्दा पनि तीव्र गतिमा उड्ने विमान सार्वजनिक गरेको हो । नासाका अनुसार यो विमानको लम्बाइ ९९ दशमलव ७ फिट र चौडाइ २९ दशमलव ५ फिट रहेको छ भने यसको प्रतिघण्टा १४ सय ८८ किलोमिटरको दूरीमा उड्न सक्ने क्षमता छ ।

अरू यात्रुवाहक र कार्गो जहाज ३५ हजार फिटसम्म मात्रै उड्ने गरेकोमा यो विमान ५५ हजार फिटको उँचाइमा उड्ने नासाले जनाएको छ । यो विमानले उडानको समयमा अत्यन्त कम आवाज निकाल्ने नासाले जनाएको छ । यसको परीक्षण उडान सफल भएपछि अमेरिकाका विभिन्न सहरमा एक्स ५९ ले उडान भर्नेछ ।

यस अघिसम्म अमेरिका लगायत अन्य देशहरुले मानव बस्तीमा असर पर्न सक्ने भन्दै ५० वर्षदेखि सुपरसोनिक विमानको उडान परीक्षणमा प्रतिबन्ध लगाएको थियो । नासाले उडानको कम्रमा कम ध्वनि निकाल्ने गरी विमानको डिजाइन गरिएको जानकारी दिएको छ ।

नासार र एरोस्पेस क्षेत्रको प्रमुख कम्पनी लकहिड मार्टिनले यो सुपरसोनिक विमानले यही वर्षको अन्त्यमा पहिलो पटक परीक्षण उडान भर्ने जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.