भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

राष्ट्रिय धान दिवससम्म ९.८ प्रतिशत मात्रै रोपाई

राष्ट्रिय धान दिवससम्म ९.८ प्रतिशत मात्रै रोपाई

काठमाडौं । धान दिवस मनाइ रहदा अहिलेसम्म ९.८ प्रतिशत मात्र रोपाइँ भएको छ। असार १५ राष्ट्रिय धान दिवससम्म ९.८ प्रतिशत मात्रै रोपाई भएको छ । सरकारले धान दिवस धुमधामसँग मनाइ रहेको छ ।

यो वर्ष १३ लाख ९८ हजार ८३६ क्षेत्रफलमा धान रोपाइँ हुने अनुमान कृषि विभागले गरेको छ। त्यसमध्ये हालसम्म एक लाख ३६ हजार ४११ क्षेत्रफलमा मात्र रोपाइँ भएको छ। कृषि विभागका अनुसार सबभन्दा बढी सुदूरपश्चिम प्रदेशमा २५ प्रतिशत र सबभन्दा कम मधेश प्रदेशमा २.९ प्रतिशत मात्र रोपाइँ भएको छ।

यसअघि प्रत्येक वर्ष काठमाडौंमै धान दिवस मनाउने गरिएको थियो। कृषिमन्त्री साहको पहलमा यो पटक धान दिवस उपत्यकाबाहिर मनाउन लागिएको हो। २०६१ मंसिर २९ गते मन्त्रिस्तरीय निर्णय गरी २०६२ साल असार १५ गतेदेखि राष्ट्रिय धान दिवस मनाउन थालिएको हो।

आव २०७९ र ८० मा १४ लाख ४७ हजार ७८९ हेक्टरमा रोपाइँ भएको थियो।चालु आवमा १४ लाख ३८ हजार ९८९ हेक्टरमा रोपाइँ भएको थियो। गत वर्षभन्दा आठ हजार ८०० हेक्टर क्षेत्रफलमा कम रोपाइँ भएपनि धान उत्पादन वृद्धि भएको कृषि मन्त्रालयले जनाएको छ।

सरकारले यो वर्ष ‘जलवायुमैत्री कृषि, धान उत्पादनमा वृद्धि’ नाराका २१ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव मनाउन लागेको छ।
धान दिवसको मुख्य कार्यक्रम चितवनको बछौलीमा हुने कृषि विभागले जनाएको छ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र कृषि तथा पशुपन्छी विकासमन्त्री ज्वालाकुमारी साहको उपस्थितिमा चितवनमा धान दिवस मनाउन लागिएको हो। चितवनमा डेढ बिघामा धान रोपाइँ गरेर यो दिवस मनाउन लागेको कृषिमन्त्री साहले जानकारी दिइन्।

 


Thali Mobile Pvt.Ltd.