भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

नयाँ युवा नीतिमा युवाको उमेर सीमा १८–३५ कायम, स्वरोजगार र उद्यमशीलतामा जोड

नयाँ युवा नीतिमा युवाको उमेर सीमा १८–३५ कायम, स्वरोजगार र उद्यमशीलतामा जोड

मुख्य बुदा

नयाँ राष्ट्रिय युवा नीति–२०८२ अनुसार युवाको उमेर १८–३५ वर्ष कायम

राष्ट्रिय युवा नीति–२०७२ अनुसार पहिले १६–४० वर्ष थियो

नीति मुख्य ध्येय: युवालाई सक्षम र जिम्मेवार बनाउँदै राष्ट्र निर्माणमा सार्थक सहभागिता सुनिश्चित गर्नु

युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेत: नयाँ नीति युवाको माग, आवश्यकतालाई सम्बोधन

नीति अनुसार युवाको सर्वाङ्गीण विकास, नैतिक, सृजनशील, उद्यमशील र प्रविधिमैत्री शक्ति विकास

स्टार्टअप, व्यवसाय संवर्द्धन केन्द्र, करिअर काउन्सेलिङ, स्वरोजगार कार्यक्रममा जोड

रोजगारी, हरित कृषि रोजगार, व्यवसायिक तालिम, उद्यमशीलता प्रतियोगिता, बीमा र कर्जा सुविधा सुनिश्चित

काठमाडौँ, १२ भाद्र । नेपाल सरकारले मन्त्रिपरिषद्को बैठकबाट हालै स्वीकृत राष्ट्रिय युवा नीति–२०८२ अनुसार युवाको उमेर १८–३५ कायम गर्ने निर्णय गरेको छ। यसअघि क्रियाशील रहेको राष्ट्रिय युवा नीति–२०७२ अनुसार युवाको उमेर १६–४० थियो।

युवा नीतिले ‘युवालाई सक्षम र जिम्मेवार बनाई राष्ट्र निर्माणमा सार्थक सहभागिता बढाउने’ मुख्य ध्येय तय गरेको छ। यसअन्तर्गत युवाको सर्वाङ्गीण विकास, राष्ट्रियताको भावना जागृत गर्दै समाज रूपान्तरण र राष्ट्र निर्माणमा उनीहरूको नेतृत्वदायी भूमिका सुनिश्चित गर्ने लक्ष्य राखिएको छ।

राष्ट्रिय युवा परिषद्का कार्यकारी उपाध्यक्ष सुरेन्द्र बस्नेतका अनुसार नयाँ नीति युवाको माग, आवश्यकतालाई मध्यनजर गर्दै ल्याइएको हो। उनले भने, ‘बालबालिका ऐनले १८ वर्षसम्मकालाई बालबालिका मान्ने भएकाले अन्तर्राष्ट्रिय परिवेश समेत ध्यानमा राखेर नयाँ नीति तयार पारिएको हो।’

नयाँ नीतिले युवालाई स्वस्थ, शिक्षित, उद्यमशील, सृजनशील, नैतिक, कर्तव्यपरायण र प्रविधिमैत्री बनाउने कुरामा जोड दिएको छ। अनुसन्धान, अन्वेषण र प्रविधिमा समावेशी सहभागिता सुनिश्चित गर्दै साइबर सुरक्षा र प्रविधिमैत्री राष्ट्र निर्माणमा योगदान पुर्‍याउने लक्ष्य राखिएको छ।

युवा नीतिमा स्टार्टअप, व्यवसाय संवर्द्धन केन्द्र, एकल बिन्दु सेवा केन्द्र, करिअर काउन्सेलिङ, रोजगारी र स्वरोजगारी कार्यक्रम, हरित कृषि रोजगार, उद्यमशीलता तालिम र प्रतियोगिता, व्यवसायिक बीमा, सहुलियतपूर्ण कर्जा र उत्पादनको बजार व्यवस्थापन मार्फत राष्ट्रिय तथा अन्तर्राष्ट्रिय श्रम बजारमा प्रतिस्पर्धी मानव पुँजी निर्माणमा योगदान पुर्‍याउने कार्यक्रम समावेश छन्।

 


Thali Mobile Pvt.Ltd.