भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

नेपालमा सबै सामाजिक सञ्जाल सात दिनभित्र सूचीकरण अनिवार्य

नेपालमा सबै सामाजिक सञ्जाल सात दिनभित्र सूचीकरण अनिवार्य

मुख्य बुदा

नेपालमा सञ्चालन हुने सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई सात दिनभित्र सूचीकरण अनिवार्य

सूचना सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले सार्वजनिक

सर्वोच्च अदालतको आदेशअनुसार सूचीकरण गर्ने निर्णय

सूचीकरणका लागि ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ अनुसार निवेदन दिनुपर्ने

सम्पर्क बिन्दु, गुनासो सुन्ने अधिकारी र निगरानी अधिकारी तोक्नुपर्ने

तोकिएको समयभित्र सूचीकरण नगरेको सामाजिक सञ्जाललाई निष्क्रिय गर्ने व्यवस्था

काठमाडौँ, १२ भाद्र । नेपालमा सञ्चालनमा रहेका सबै सामाजिक सञ्जाल प्लेटफर्मलाई अब सात दिनभित्र अनिवार्य रूपमा सूचीकरण गर्नुपर्ने भएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबार यसबारे सार्वजनिक सूचना जारी गरेको छ।

हालसम्म सूचीकरण नगरेका स्वदेशी वा विदेशी सामाजिक सञ्जाल प्लेटफर्मलाई तोकिएको समयसीमाभित्र मन्त्रालयमा सम्पर्क गरी सूचीकरण गर्न आग्रह गरिएको छ।

यसअघि अदालतको अवहेलनासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको पूर्ण इजलासले नेपाल सरकारलाई सामाजिक सञ्जाल सञ्चालनपूर्व सूचीकरण गर्न लगाउने आदेश दिएको थियो। आदेशको पालना स्वरूप मन्त्रिपरिषद्ले भदौ ९ गते निर्णय गरी सूचना जारी गरेको हो।

सूचीकरणका लागि कम्पनी वा व्यक्तिले नेपाल सरकारको ‘सामाजिक सञ्जालको प्रयोग व्यवस्थित गर्ने निर्देशिका, २०८०’ बमोजिम निवेदन दिनुपर्नेछ। आवेदनका लागि अनुसूची १ अनुसारको ढाँचा प्रयोग गरी आवश्यक कागजात संलग्न गर्नुपर्ने मन्त्रालयले जनाएको छ।

सूचीकरण प्रक्रियामा नेपालभित्र सम्पर्क बिन्दु, आवासीय गुनासो सुन्ने अधिकारी र स्वनियमन पालनाको निगरानी गर्ने अधिकारी तोक्नुपर्ने व्यवस्था छ।

तोकिएको समयभित्र सूचीकरण नगर्ने वा सम्पर्कमा नआउने सामाजिक सञ्जाललाई क्रमशः नेपालभित्र निष्क्रिय गरिने र सूचीकरण भएपश्चात पुनः सक्रिय गरिने व्यवस्था नेपाल दूरसञ्चार प्राधिकरणलाई दिइएको छ।

 


Thali Mobile Pvt.Ltd.