भर्खरै : Sorry, your browser does not support inline SVG.
मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो | अमेरिकी सैन्य अखडामाथि इरानको मिसाइल-ड्रोन आक्रमण, मध्यपूर्वमा तनाव झन् चुलियो | नेपाल आयल निगमको कार्यकारी निर्देशकमा ६ जनाको प्रतिस्पर्धा, नामावली सार्वजनिक |

देशभर निषेधाज्ञा र कर्फ्यू, सेनाद्वारा सहयोगको अपिल

देशभर निषेधाज्ञा र कर्फ्यू, सेनाद्वारा सहयोगको अपिल

मुख्य बुँदा 

देशभर निषेधाज्ञा र कर्फ्यू लागू

आज बेलुकी ५ बजेसम्म निषेधाज्ञा, भोलि बिहान ६ बजेसम्म कर्फ्यू

एम्बुलेन्स, शववाहन, दमकल र स्वास्थ्यकर्मीका सवारी सञ्चालनमा अपवाद

तोडफोड, लुटपाट, आगजनी वा हिंसामा संलग्नमाथि कडा कारबाही हुने चेतावनी

अफवाहमा नलाग्न, आधिकारिक सूचनामा विश्वास गर्न सेनाको अपिल

काठमाडौँ, २५ भाद्र । देशमा विद्यमान असामान्य परिस्थिति र शान्ति–सुरक्षा कायम राख्नका लागि आजदेखि देशभर निषेधाज्ञा र कर्फ्यू लागू गरिएको छ। नेपाली सेनाले आन्दोलनका क्रममा भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै अपराधजन्य गतिविधि नियन्त्रणमा सबै नागरिकको सहयोग आवश्यक रहेको जनाएको छ।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार, आज (भाद्र २५) बेलुकी ५ बजेसम्म निषेधाज्ञा लागू हुनेछ भने त्यसपछि भोलि (भाद्र २६) बिहान ६ बजेसम्म कर्फ्यू आदेश जारी रहनेछ। परिस्थितिअनुसार थप जानकारी सार्वजनिक गरिने सेनाले जनाएको छ।

सेनाका अनुसार आन्दोलनको आवरणमा केही समूहले तोडफोड, आगजनी, लुटपाट, हिंसा र बलात्कारजस्ता अराजक गतिविधि गर्ने वा गराउने सम्भावना देखिएकोले यस्तो कदम चालिएको हो।निषेधाज्ञा र कर्फ्यूको अवधिमा एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी र सुरक्षाकर्मीका सवारी साधन भने सञ्चालनमा रहनेछन्। आवश्यक परे नजिकैका सुरक्षाकर्मीसँग समन्वय गर्न पनि सेनाले अनुरोध गरेको छ।

सेनाले आन्दोलनको नाममा हुने कुनै पनि तोडफोड, लुटपाट, आगजनी वा आक्रमणलाई दण्डनीय अपराध मानी कडा कारबाही गर्ने चेतावनी दिएको छ। साथै, अफवाहमा नलाग्न र आधिकारिक सूचनामात्रै विश्वास गर्न अपिल गर्दै, राष्ट्रिय एकता र सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह गरेको छ।

 


Thali Mobile Pvt.Ltd.