भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

नाभाल्नीको शव अझै उठेन, शव दिन कारागार प्रशासनद्वारा ढिलाइ

नाभाल्नीको शव अझै उठेन, शव दिन कारागार प्रशासनद्वारा ढिलाइ

एजेन्सी । कारागार प्रशाशनले रुसी विपक्षी नेता एलेक्सी नाभाल्नीको शव दिन ढिलाइ गरेको छ । रुसी प्रशासनले छानविन र अनुसन्धान जारी रहेको भन्दै नाभाल्नीको परिवारले शवको लागि बारम्बार ताकेता गरेपनि शव दिन ढिलाइ गरेको हो ।

नाभाल्नीका समर्थकहरुले उनको हत्या गरिएको दाबी गर्दै रुस सरकारले आफ्नो कर्तुत लुकाउन शव नदिएको आरोप लगाइरहेका छन् । कारागार प्रशाशनले भने नाभाल्नी हिँड्दा हिँड्दै वेहोस भएको र त्यसपछि होशमा नफर्किएको बताइरहेको छ ।

नाभाल्नीका वकिल र आमालाई उनको शव राखिएको शवगृहमा प्रवेश गर्नबाट रोक लगाइएको छ । उनीहरूलाई सुदूर आर्कटिक जेलनजिकै सालेखार्ड शहरको शवगृहमा लगिएको थियो ।

नाभाल्नीका समर्थकहरुलाई सोमबार भिडियो सन्देश जारी गदै युलियाले रुस सरकारको दमनबाट नडराउने भन्दै रुसको भविष्यका लागि आफ्ना श्रीमानले थालेको अभियान आफुले अघि बढाउने उद्घोष गरेकी हुन् । नाभाल्नीकी श्रीमती युलिया नाभाल्नायाले आफ्नो श्रीमानले थालेको स्वतन्त्र रुसको यात्रा जारी राख्ने बताएकी छिन् ।

 


Thali Mobile Pvt.Ltd.