भर्खरै : Sorry, your browser does not support inline SVG.

‘युक्रेनको राष्ट्रिय गौरव कि अमेरिकी समर्थन ? ’जेलेन्स्कीको कठोर प्रश्न, ट्रम्पको शान्ति योजनाले बढायो तनाव

‘युक्रेनको राष्ट्रिय गौरव कि अमेरिकी समर्थन ? ’जेलेन्स्कीको कठोर प्रश्न, ट्रम्पको शान्ति योजनाले बढायो तनाव

एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले अमेरिकाले प्रस्तुत गरेको २८ बुँदे शान्ति प्रस्तावका कारण देश एक ‘अत्यन्तै संवेदनशील मोड’मा पुगेको बताएका छन् ।

राष्ट्रका नाममा सम्बोधन गर्दै उनले भने, “अब हामी दुईमध्ये एउटा कठोर निर्णय गर्न बाध्य छौँ । राष्ट्रिय गौरव गुमाउने कि हाम्रो सबैभन्दा महत्वपूर्ण साझेदार अमेरिकाको समर्थन गर्ने ।”

जेलेन्स्कीका अनुसार अमेरिकाले हालै अघि सारेको शान्ति प्रस्तावले युक्रेनलाई इतिहासकै सबैभन्दा चुनौतीपूर्ण अवस्थामध्ये एकमा पुर्‍याएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अघि सारेको २८ बुँदे प्रस्तावमा युक्रेनलाई पूर्वी दोनेत्स्क क्षेत्रबाट फिर्ता हट्ने, सैन्य तैनाथी घटाउने र भविष्यमा नेटोमा कहिल्यै सदस्य नबन्ने जस्ता सर्तहरू समावेश छन् । यिनै सर्तहरूलाई युक्रेनले निरन्तर अस्वीकार गर्दै आएको छ ।

रुसले २०२२ मा आक्रमण सुरु गरेयता करिब २० प्रतिशत भूभाग कब्जा गरेको अनुमान गरिन्छ । यस्तो परिस्थितिमा अमेरिकी प्रस्ताव युक्रेनमाथि थप दबाबका रूपमा व्याख्या भइरहेको छ । यसैबीच राष्ट्रपति ट्रम्पले फक्स न्युजसँगको अन्तर्वार्तामा योजना स्वीकार गर्न ‘एक हप्ताभन्दा कम समय’ मात्र दिएको बताएका छन् । उनले बिहीबारसम्म समयसीमा तय गरेको र ‘सकारात्मक प्रगति देखिए’ समय बढ्न सक्ने संकेत पनि गरेका छन् ।

२८ बुँदे प्रस्तावमा रहेका धेरै मागहरू लामो समयदेखि रुसका प्राथमिक सर्त मानिँदै आएका थिए । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले अमेरिकाबाट प्रस्ताव प्राप्त भएको र यसलाई शान्ति सम्झौताका आधारका रूपमा अध्ययन गर्न सकिने बताएका छन्, यद्यपि विस्तृत छलफल अझै नभएको जनाएका छन् ।

युरोपेली नेताहरूले भने युक्रेनप्रति आफ्नो समर्थन दोहोर्‍याउँदै कुनै पनि निर्णयमा युक्रेनको सहमति अपरिहार्य हुने बताएका छन् ।

 

 

 


Thali Mobile Pvt.Ltd.