भर्खरै : Sorry, your browser does not support inline SVG.
सर्वोच्चको आदेशपछि निजी सञ्चारमाध्यममा सरकारी विज्ञापन खुला | अमेरिका–इरान तनावले कच्चा तेलको मूल्य उकालो, एक महिनाकै उच्च स्तरमा पुग्यो | ५ जिल्लामा बाढीको उच्च जोखिम, काठमाडौं उपत्यकासहित ४० भन्दा बढी जिल्लामा सतर्कता | लेखा समितिमा राहदानी छपाई प्रकरणको छलफल रोकियो, सांसदको असहमतिपछि बैठक स्थगित | एक सातामै आत्मदाहका तीन घटनामा तीन जनाको मृत्यु, जलन उपचार सेवामा विशेषज्ञको अभाव | अष्ट्रेलियामा सबै अन्तर्राष्ट्रिय यात्रुका लागि डिजिटल यात्रु कार्ड लागू हुने, कागजी फाराम हटाइने | के हात्तीले वर्षौँसम्म रिस राख्छ ? | देशभर ४६ प्रतिशत मात्रै धान रोपाइँ सम्पन्न, गण्डकी अगाडि, कोशी सबैभन्दा पछाडि |

नेपाल बार निर्वाचन: दोस्रो दिनको मतगणना सुरु, ६ केन्द्रको मत गनिँदै

नेपाल बार निर्वाचन: दोस्रो दिनको मतगणना सुरु, ६ केन्द्रको मत गनिँदै

काठमाडौं, २६ चैत । नेपाल बार एसोसिएसनको २७औँ केन्द्रीय कार्यसमितिका लागि शनिबार भएको निर्वाचनको मतगणना दोस्रो दिनमा प्रवेश गरेको छ। मंगलबार चैत २६ बाट चितवन, पोखरा, हेटौँडा, बाग्लुङ, पर्सा र जनकपुर मतदान केन्द्रका मतपेटिकाको गणना सुरु भएको निर्वाचन समितिका निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता ताराबहादुर सिटौलाले जानकारी दिए।

सोमबारदेखि सुरु भएको मतगणनामा पहिलो दिन राति ८ बजेसम्म १,१६० मत गनिएको थियो । जसमा बृहत् लोकतान्त्रिक, प्रगतिशील, पेसागत, राष्ट्रवादी एवं समावेशी कानुन व्यवसायी समूहका अध्यक्ष उम्मेदवार प्राडा विजयप्रसाद मिश्रले ७०७ मत प्राप्त गरेका छन्। उनका प्रतिद्वन्द्वी व्यावसायिक कानुन व्यवसायी समूहका वरिष्ठ अधिवक्ता रमनकुमार श्रेष्ठले ४३४ मत पाएका छन्। अन्य उम्मेदवारमध्ये राजु कैतीले ५, उज्ज्वल घिमिरेले २ र आशिष पौडेलले ६ मत मात्रै प्राप्त गरेका छन् ।

महासचिव पदमा मिश्र प्यानलका केदारप्रसाद कोइरालाले ७१२ मत ल्याएका छन् भने श्रेष्ठ प्यानलका यज्ञमणि न्यौपानेले ३७५ मत प्राप्त गरेका छन्। यो निर्वाचनमा कुल ६९.९६ प्रतिशत मत खसेको छ। देशभरका ९,९९७ योग्य मतदातामध्ये ७,९९५ कानुन व्यवसायीले मतदानमा भाग लिएका थिए।

 


Thali Mobile Pvt.Ltd.