भर्खरै : Sorry, your browser does not support inline SVG.
रुकुम पूर्वबाट प्रचण्ड विजयी, नेकपाले खोल्यो जितको खाता | काठमाडौं–८ मा विराजभक्त श्रेष्ठको सानदार जित, सबै प्रतिस्पर्धीको जमानत जफत | काठमाडौं–१ मा रास्वपाको पहिलो जित, रञ्जु न्यौपाने भारी मतान्तरले विजयी | जुम्ला मतगणना अपडेट: राप्रपाका ज्ञानेन्द्र शाही अग्रता, नेकपा दोस्रो स्थानमा | झापा–५ मतगणना अपडेट: बालेन साह ओलीभन्दा दोब्बर बढी मतले अगाडि | नवलपरासीमा मतगणना तयारी पूरा, केही समयमै सुरु हुने | प्रतिनिधिसभा मतगणना अपडेट: राष्ट्रिय स्वतन्त्र पार्टी ४१ स्थानमा अग्रता, एमाले ५ र कांग्रेस ३ क्षेत्रमा अगाडि | इरान–इजरायल युद्ध चर्कियो : मिसाइल आक्रमण, तेहरानमा विस्फोट र खाडी क्षेत्रमा तनाव |

चारदेशीय टी-२०आई सिरिज २०८१ : नेपालको शानदार सुरुवात, कतारलाई ८ विकेटले हरायो

चारदेशीय टी-२०आई सिरिज २०८१ : नेपालको शानदार सुरुवात, कतारलाई ८ विकेटले हरायो

काठमाडौँ, २७ चैत । हङकङमा मंगलबार (चैत २७, २०८१) बाट सुरु भएको चारदेशीय टी-२०आई सिरिजमा नेपालले विजयी सुरुवात गरेको छ। सिरिजको पहिलो खेलमा नेपालले कतारलाई ८ विकेटले पराजित गर्दै शानदार प्रदर्शन गरेको हो।

नेपालले टस जितेर कतारलाई पहिले ब्याटिङ गर्न लगाएको थियो। कतारले २० ओभरमा ५ विकेट गुमाएर १५१ रन बनायो। जवाफमा नेपालले १७ ओभर (१८ बल बाँकी) मा २ विकेट गुमाएर १५४ रन बनाउँदै लक्ष्य पूरा गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले १९ बलमा ३८ रन, आसिफ शेखले २१ बलमा ३३ रन, कप्तान रोहित पौडेलले २९ बलमा ३७ रन र बसिर अहमदले ३३ बलमा ३० रनको योगदान दिए। कतारका बलरहरूले नेपालको ब्याटिङलाई रोक्न नसक्दा खेल नेपालको पक्षमा सहजै गयो।

यो जितसँगै नेपालले सिरिजमा सकारात्मक सुरुवात गरेको छ। अर्को खेलमा नेपालले बिहीबार (चैत २९) कुवेतको सामना गर्नेछ।