भर्खरै : Sorry, your browser does not support inline SVG.
‘कम्युनिजम विश्वयुद्धभन्दा ठूलो खतरा’ ट्रम्पको विवादास्पद अभिव्यक्ति | फेवातालमा हावाहुरीको बीच अलपत्र परेकी युवतीको सकुशल उद्धार, सशस्त्र प्रहरीको तदारुकता | ‘डीएपी मल किन भारतभन्दा महँगो?’ राष्ट्रिय सभामा सरकारलाई कडा प्रश्न, संसदको मौनतामाथि पनि असन्तुष्टि | सरकारको १०० दिनमाथि नागरिक समाजको प्रश्न: ‘महँगी र बेरोजगारी नियन्त्रणमा पूर्ण असफल’ | दैलेख बस दुर्घटना: सोनार क्यामरा र विशेष उपकरणसहित गोताखोर टोली परिचालन, बेपत्ताको खोजी तीव्र | नियमन र सुपरिवेक्षणमा कुनै सम्झौता नहुने मन्त्री रावलको सन्देश | सरकारका १०० दिनः १८ मन्त्रालयमा सीमित, २० अर्ब बचतको दाबी, उपलब्धि सार्वजनिक | शताब्दी पुरानो वासिङ पहिरोले बर्सेनि उठीबास |

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र

नेपाल विद्युत प्राधिकरणले बक्यौता नतिर्ने उद्योगिलाई पठायो लाइन काट्न पत्र

काठमाण्डौ । नेपाल विद्युत प्राधिकरण बक्यौता नतिर्ने उद्योगको लाइन काट्ने चेतावनी दिएको छ । लाइन काटे पनि सरकारको दबाबमा जोडिएको थियो ।

गएको आइतवार आयोगमा पठाएको पत्रमा प्राधिकरणले बक्यौता नतिर्ने उद्योगमा लाइन काट्न सहमति मागेको छ । प्राधिकरणले यसअघि लाइन काटेपछि केही उद्योगले बक्यौता तिरिसकेका छन्, तर सरकारकै संरक्षणमा ३५ वटा उद्योगले भने अझै अटेर गर्दै आएका छन् ।

नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ फेरि सक्रिय हुनुभएको छ । २०७२ माघदेखि २०७५ सालको वैशाखसम्मको प्रिमियम महसुल बक्यौतावापत ३५ वटा उद्योगले झन्डै सात अर्ब रुपैयाँ महसुल तिर्न बाँकी छ ।

अरु नागरिकले दैनिक १८ घण्टासम्म लोडसेडिङ बेहोरिरहेको बेला विद्युत प्राधिकरणको तत्कालिन नेतृत्वले उद्योगहरूलाई डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत चौबिसै घण्टा विद्युत् दिएको थियो । त्यसमा ६५ प्रतिशत थप शुल्क (प्रिमियम) लिने नियम थियो । तर, केही उद्योगीले नियमित महसुल तिरेपनि केहीले भने प्रिमियम महसुल तिर्न पहिलादेखि नै आनाकानी गर्दै आएका छन् ।

लोडसेडिङका बेला डेडिकेटेड फिडर र ट्रङ्कलाइनमार्फत उपभोग गरेको विद्युत् महसुलको बक्यौता तिर्न अटेर गर्दै आएका उद्योगमा फेरि लाइन काट्न विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सहमतिको माग गरेर विद्युत नियमन आयोगलाई पत्र लेख्नुभएको छ ।

 


Thali Mobile Pvt.Ltd.