काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ।
महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति हुने गरेको प्रहरीले जनाएको हो ।
पारिवारिक नाताका अभियुक्तमा पीडितको बुवा, श्रीमान्, काका, मामा, ठूलोबुवा, दाजुभाई, मामाको छोरा, हजुरबुबा, भिनाजु, भतिज र छोरा, देवर, जेठाजु, ससुरा र ससुरा पर्ने सबै खाले सम्बन्धका अभियुक्त रहेका प्रहरीको तथ्याङ्कले देखाउँछ। नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१–८२ फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन्।
नातासम्बन्धको आधारमा अभियुक्तको विश्लेषणले ९१ दशमलव १६ प्रतिशत चिनजानका अभियुक्त रहेका छन्। प्रहरीमा दर्ता भएका दुई हजार ४७ मुद्दामा दुई हजार २६३ अभियुक्त रहेको प्रहरीले जनाएको छ । घर मालिक, केटा साथीलगायत सामान्य चिनजानका एक हजार २०६, छिमेकी ५७३ र पारिवारिक नाताका २६५ अभियुक्त रहेका छन्।
अपरिचित २०० र शिक्षक १९ जना अभियुक्त छन्। बालबालिकालाई सकेसम्म परिवारको निगरानीमा राख्नुपर्छ। उनीहरूलाई ‘ब्याड टच’ र ‘गुड टच’ (राम्रो र नराम्रो छुवाइ) का बारेमा बुझाउनु पर्दछ। बालबालिकामा यो नराम्रो हो, गलत हो भन्ने थाहा हुनुपर्छ’‘अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ ।
यस्ता अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीले सबैलाई आग्रह गरेको छ। महिला तथा बालबालिकामा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि सानैदेखि बालबालिकालाई यौन हिंसासम्बन्धी शिक्षा दिएर सचेत गराउनु अत्यावश्यक रहेको प्रहरीलेजनाएको छ ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
काठमाडौँ । देशभरका शिक्षकहरू आन्दोलनरत रहेका बेला राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा तोकिएको मितिमा नै सञ्चालन गर्ने निर्णय गरेको छ। शिक्षकहरू विद्यालय छाडेर राजधानी केन्द्रित आन्दोलनमा रहे...
काठमाडौँ । सरकारले सुपारी आयातमा लागू रहेको कोटा हटाएपछि देशमा सुपारी आयात ह्वात्तै बढेको छ। भन्सार विभागका अनुसार २०८१ र ८२ को नौ महिनामा ५८ करोड ८३ लाख रुपैयाँभन्दा...
भक्तपुर । नेपालको प्राचीन धार्मिक र सांस्कृतिक सम्पदाले सजिएको रत्नचूड पर्वत (नगरकोट) को काखमा अवस्थित कलमसीमा १०८ फिट अग्लो भगवान महादेवको भव्य मूर्ति निर्माणका लागि शिव पुराण ज्ञान महायज्ञको...
इलाम । इलाम बजारका १३ वर्षीय एक बालकको व्यवहारमा परिवर्तन आएपछि अभिभावकले चासो राखे । निगरानी बढाएपछि थाहा भयो, बालकले लागुऔषध प्रयोग गर्न थालेछन् । “विद्यालय बन्द हुँदा साथीहरू...