भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह

यौनजन्य हिंसाबारे नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीको सबैलाई आग्रह

काठमाडौं । महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक चिनजानका बढी हुने गरेका पाइएको प्रहरीले जनाएको छ।
महिला तथा बालबालिकाविरुद्ध हुने यौनजन्य हिंसाका पीडक ९१ प्रतिशतभन्दा बढी चिनजानका व्यक्ति हुने गरेको प्रहरीले जनाएको हो ।

पारिवारिक नाताका अभियुक्तमा पीडितको बुवा, श्रीमान्, काका, मामा, ठूलोबुवा, दाजुभाई, मामाको छोरा, हजुरबुबा, भिनाजु, भतिज र छोरा, देवर, जेठाजु, ससुरा र ससुरा पर्ने सबै खाले सम्बन्धका अभियुक्त रहेका प्रहरीको तथ्याङ्कले देखाउँछ। नेपाल प्रहरीमा आर्थिक वर्ष २०८१–८२ फागुन महिनासम्म दुई हजार ४७ मुद्दा दर्ता भएका छन्।

नातासम्बन्धको आधारमा अभियुक्तको विश्लेषणले ९१ दशमलव १६ प्रतिशत चिनजानका अभियुक्त रहेका छन्। प्रहरीमा दर्ता भएका दुई हजार ४७ मुद्दामा दुई हजार २६३ अभियुक्त रहेको प्रहरीले जनाएको छ । घर मालिक, केटा साथीलगायत सामान्य चिनजानका एक हजार २०६, छिमेकी ५७३ र पारिवारिक नाताका २६५ अभियुक्त रहेका छन्।

अपरिचित २०० र शिक्षक १९ जना अभियुक्त छन्। बालबालिकालाई सकेसम्म परिवारको निगरानीमा राख्नुपर्छ। उनीहरूलाई ‘ब्याड टच’ र ‘गुड टच’ (राम्रो र नराम्रो छुवाइ) का बारेमा बुझाउनु पर्दछ। बालबालिकामा यो नराम्रो हो, गलत हो भन्ने थाहा हुनुपर्छ’‘अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन सबैको सहयोग आवश्यक रहेको प्रहरीले जनाएको छ ।

यस्ता अपराध गर्ने व्यक्तिलाई निरुत्साहित गर्न र कानुनी दायरामा ल्याउन तत्काल नजिकको प्रहरी कार्यालयमा उजुरी दिन नेपाल प्रहरीले सबैलाई आग्रह गरेको छ। महिला तथा बालबालिकामा हुने यौनजन्य हिंसा न्यूनीकरणका लागि सानैदेखि बालबालिकालाई यौन हिंसासम्बन्धी शिक्षा दिएर सचेत गराउनु अत्यावश्यक रहेको प्रहरीलेजनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.