भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने | संविधानको ११ वर्षमा सीमान्तकृत समुदायको पहुँच बढ्यो, शिक्षा र रोजगारीमा अझै चुनौती | मनसुनसँगै पश्चिमी वायुको प्रभाव, कोशीसहित तीन प्रदेशमा भारी वर्षाको सम्भावना | क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च |

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पुग्यो

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पुग्यो

काठमाण्डौ । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनल पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा विहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो । नेपालकी सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा गोल गरिन् ।

प्रतियोगितामा नेपालको लगातार दोस्रो जीत हो । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो । अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।

विहीबारै भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो ।

 


Thali Mobile Pvt.Ltd.