भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पुग्यो

नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको पुग्यो

काठमाण्डौ । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको फाइनल पुगेको छ । लेबनानलाई हराउँदै नेपाल एक खेलअघि नै फाइनल पुगेको हो ।

समूह चरणको अन्तिम खेलमा आउँदो आइतवार दिउँसो २ बजे किर्गिस्तान र लेबनान तथा बेलुकी ६ बजे नेपाल र म्यानमार खेल्नेछन् । फाइनल खेल फागुन १४ गते हुनेछ ।

त्रिपुरेश्वरको दशरथ रङ्गशालामा विहीबार भएको खेलमा नेपालले लेबनानलाई १–० गोलले हरायो । नेपालकी सावित्रा भण्डारीले खेलको ४२ औं मिनेटमा गोल गरिन् ।

प्रतियोगितामा नेपालको लगातार दोस्रो जीत हो । नेपालले पहिलो खेलमा किर्गिस्तानलाई १–० गोलले हराएको थियो । अब नेपालले उपाधिका लागि म्यानमारसँग खेल्नेछ । नेपालको जीतसँगै म्यानमार पनि फाइनलमा पुगेको हो ।

विहीबारै भएको खेलमा म्यानमारले किर्गिस्तानलाई ५–० गोलले हराउँदै लगातार दोस्रो जीत हासिल गरेको हो । म्यानमारले पहिलो खेलमा लेबनानलाई ३–१ गोलले हराएको थियो ।

 


Thali Mobile Pvt.Ltd.