भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

नेपाल टेलिकमको आय र मुनाफा घट्यो, सेवा विस्तार खर्च बढ्दा वित्तीय दबाब

नेपाल टेलिकमको आय र मुनाफा घट्यो, सेवा विस्तार खर्च बढ्दा वित्तीय दबाब

मुख्य बुँदा 

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा आय र मुनाफा घटेको

कुल सञ्चालन आय: ८ अर्ब ६७ करोड ९५ लाख, गत वर्षभन्दा ६ लाख कम

कुल आय: ९ अर्ब ४७ करोड १० लाख, गत वर्षको तुलनामा ५९ करोड २६ लाख कम

करअघिको आम्दानी: ४ अर्ब ७५ करोड ४ लाख, करअघि नाफा २ अर्ब ८८ करोड

खुद नाफा: १ अर्ब ३२ करोड ५१ लाख, प्रति शेयर आम्दानी २९.४५ रुपैयाँ

ओटीटी सेवाको बढ्दो प्रयोग र घट्दो ब्याजदरले राजस्वमा गिरावट

कर्मचारी खर्च वृद्धि, दुर्गम क्षेत्रमा सेवा विस्तारमा लगानीले खर्च बढाएको

काठमाडौँ, १ मंसिर । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको आय, मुनाफा र अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन्।

यो त्रैमासिकमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा ६ लाख ७१ हजार कम हो। त्यस्तै, कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, गत वर्षको पहिलो त्रैमासिकको तुलनामा ५९ करोड २६ लाखले घटेको छ।

आयमा गिरावटसँगै टेलिकमको नाफा पनि घटेको छ। उक्त अवधिमा करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ, करअघि नाफा २ अर्ब ८८ करोड, र खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख मात्र भएको छ। प्रति शेयर आम्दानी २९.४५ रुपैयाँमा सीमित रह्यो।

कम्पनीका अनुसार विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आउँदा राजस्व तथा नाफामा गिरावट आएको छ। अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाखले घटेको छ। साथै, बैंकिङ बजारमा व्याजदर घट्दा मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोडले घटेको टेलिकमले जनाएको छ।

कर्मचारी खर्च पनि बढेको देखिन्छ। कर्मचारी बीमा खर्च बढ्नुका साथै, अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुटदर घटेर ७ प्रतिशतमा आउँदा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व बढेको छ। यस कारण मात्र कर्मचारी खर्च ८.८ करोड रुपैयाँले बढेको छ।

नेपाल टेलिकमले दुर्गम र विकट क्षेत्रमा सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएकाले खर्च बढ्न गएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.