भर्खरै : Sorry, your browser does not support inline SVG.
दसैँ अवधिमा अन्नपूर्ण पदमार्गमा पाँच हजार ३८४ पर्यटक | कीटजन्य रोगको जोखिम बढ्दै, स्क्रब टाइफस र डेंगुबाट हजारौँ सङ्क्रमित | तिहारका लागि माला गाँस्न गुण्डुका किसान व्यस्त, तर व्यापार नहुँदा चिन्ता | ‘अर्णव’ चक्रवातको प्रभाव नेपालमा पर्ने, बिहीबारदेखि भारी वर्षा र हिमपातको चेतावनी | भोटेकोशी बाढीः डीएनए रिपोर्टको प्रतीक्षामै बित्यो दुई महिना | आनी छोइङको नियुक्तिविरुद्ध आन्दोलन गर्ने लुम्बिनी बचाउ अभियानका संयोजक पक्राउ | भारतको गुवाहाटीमा होटेलको जग्गा विवादमा गोली चल्यो, पाँच जनाको मृत्यु | पश्चिमी वायुको प्रभाव बढ्दै, बिहीबार भारी वर्षा र हिमपातको सम्भावना |

नेपाल टेलिकमको आय र मुनाफा घट्यो, सेवा विस्तार खर्च बढ्दा वित्तीय दबाब

नेपाल टेलिकमको आय र मुनाफा घट्यो, सेवा विस्तार खर्च बढ्दा वित्तीय दबाब

मुख्य बुँदा 

आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा आय र मुनाफा घटेको

कुल सञ्चालन आय: ८ अर्ब ६७ करोड ९५ लाख, गत वर्षभन्दा ६ लाख कम

कुल आय: ९ अर्ब ४७ करोड १० लाख, गत वर्षको तुलनामा ५९ करोड २६ लाख कम

करअघिको आम्दानी: ४ अर्ब ७५ करोड ४ लाख, करअघि नाफा २ अर्ब ८८ करोड

खुद नाफा: १ अर्ब ३२ करोड ५१ लाख, प्रति शेयर आम्दानी २९.४५ रुपैयाँ

ओटीटी सेवाको बढ्दो प्रयोग र घट्दो ब्याजदरले राजस्वमा गिरावट

कर्मचारी खर्च वृद्धि, दुर्गम क्षेत्रमा सेवा विस्तारमा लगानीले खर्च बढाएको

काठमाडौँ, १ मंसिर । नेपाल टेलिकमले आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक विवरणअनुसार कम्पनीको आय, मुनाफा र अन्य वित्तीय सूचकहरू गत वर्षको सोही अवधिको तुलनामा कमजोर देखिएका छन्।

यो त्रैमासिकमा कुल सञ्चालन आय ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँ पुगेको छ, जुन गत वर्षको सोही अवधिभन्दा ६ लाख ७१ हजार कम हो। त्यस्तै, कुल आय ९ अर्ब ४७ करोड १० लाख रुपैयाँमा झरेको छ, गत वर्षको पहिलो त्रैमासिकको तुलनामा ५९ करोड २६ लाखले घटेको छ।

आयमा गिरावटसँगै टेलिकमको नाफा पनि घटेको छ। उक्त अवधिमा करअघिको आम्दानी ४ अर्ब ७५ करोड ४ लाख रुपैयाँ, करअघि नाफा २ अर्ब ८८ करोड, र खुद नाफा १ अर्ब ३२ करोड ५१ लाख मात्र भएको छ। प्रति शेयर आम्दानी २९.४५ रुपैयाँमा सीमित रह्यो।

कम्पनीका अनुसार विश्वभर ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट आउने कलमा उल्लेखनीय कमी आउँदा राजस्व तथा नाफामा गिरावट आएको छ। अन्तरआवद्धता राजस्व मात्र करिब १० करोड ९७ लाखले घटेको छ। साथै, बैंकिङ बजारमा व्याजदर घट्दा मुद्दती निक्षेपबाट प्राप्त हुने ब्याज आम्दानी ५० करोडले घटेको टेलिकमले जनाएको छ।

कर्मचारी खर्च पनि बढेको देखिन्छ। कर्मचारी बीमा खर्च बढ्नुका साथै, अघिल्लो वर्ष ७.५ प्रतिशत रहेको छुटदर घटेर ७ प्रतिशतमा आउँदा पेन्सन तथा अवकाश सम्बन्धी दायित्व बढेको छ। यस कारण मात्र कर्मचारी खर्च ८.८ करोड रुपैयाँले बढेको छ।

नेपाल टेलिकमले दुर्गम र विकट क्षेत्रमा सेवा विस्तारमा निरन्तर लगानी गर्दै आएको छ। कम प्रतिफल र उच्च लागतका बीच पनि सेवा सुधार तथा पहुँच विस्तारलाई प्राथमिकतामा राखिएकाले खर्च बढ्न गएको कम्पनीले विज्ञप्तिमार्फत जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.