भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालगञ्ज–गुलरिया सडक विस्तार तीव्र

नेपालगञ्ज–गुलरिया सडक विस्तार तीव्र

बाँके । नेपालगञ्ज–गुलरिया हुलाकी सडक विस्तारको काम एक वर्षमै ५७ प्रतिशत सम्पन्न भएको छ। ११.६० किलोमिटर चार लेन र १६.२ किलोमिटर दुई लेनगरी २७.६२ किलोमिटर लामो सडक विस्तार २०८२ मंसिर २७ गते तीन वर्षमा सम्पन्न हुनेगरी गत वर्ष माघ १५ गते निर्माण शुरु भएको थियो।

एक वर्षमा ५७ प्रतिशत काम सम्पन्न भएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख लीलाबहादुर भण्डारीले जानकारी दिए। उनका अनुसार काम गरेअनुसारको भुक्तानी समयमै दिन सके निर्धारित समयभन्दा एक वर्षपहिले नै सम्पन्न हुने भएको छ। निर्माण कम्पनीले तोकिएको समयभन्दा अगाडि नै काम सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।

निर्माण कम्पनीले मूल्य अभिवृद्धि करबाहेक दुई अर्ब ७८ करोड २९ लाख रुपैयाँमा नेपालगञ्ज-गुलरिया सडक विस्तार निर्माणको जिम्मा पाएको हो। निर्माण कम्पनीका प्रबन्ध निर्देशक रमेश शर्माले समयमै भुक्तानी प्राप्त भए एक वर्षभित्र सम्पन्न गर्नेगरी काम गरेको बताए।

निर्माण कम्पनीले यो वर्ष कम्तीमा २० किलोमिटर सडक कालोपत्र गर्नेगरी काम अघि बढाएको शर्माले जानकारी दिए। नेपालगञ्ज(गुलरिया सडक विस्तार कार्यको भौतिक प्रगतिको आधा २७ प्रतिशतमात्र कामको भुक्तानी दिन सकिएको हुलाकी राजमार्ग निर्देशनालय योजना कार्यालय नेपालगञ्जका प्रमुख भण्डारीले जानकारी दिए।

उहाँका अनुसार निर्माण कम्पनीले काम गरी भुक्तानीका लागि पेश गरेको ४४ करोडको बिलअनुसारको भुक्तानी हुन बाँकी रहेको छ । बजेट अभाव कायमै रहे निर्माणाधीन योजनामा प्रभाव पर्नेछ। रासस

 


Thali Mobile Pvt.Ltd.