भर्खरै : Sorry, your browser does not support inline SVG.
सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित | सम्पत्ति छानबिन आयोगको वैधानिकतामाथि सर्वोच्चमा सुनुवाइ, आयोगको अस्तित्वमै प्रश्न | ३ दिन उच्च सतर्कता! काठमाडौं उपत्यकासहित पूर्वी नेपालका साना नदीमा आकस्मिक बाढीको चेतावनी | काठमाडौंमा अक्सिजन सिलिन्डर विस्फोटको दुःखद घटना, पैदलयात्रीको घटनास्थलमै मृत्यु | जलवायु संकटको नयाँ संकेत! भूमध्य सागरको तापक्रमले तोड्यो सबै रेकर्ड, जुनमै पुग्यो २६.६३°C | त्रिपुरेश्वरमा आत्मदाह प्रयास गरेका गणेश नेपालीको निधन, उपचारकै क्रममा ज्यान गयो |

देश छाड्ने नेपालीको संख्या बढ्यो, दुई वर्षमा स्थायी रूपमा १ लाख ३७ हजार विदेश

देश छाड्ने नेपालीको संख्या बढ्यो, दुई वर्षमा स्थायी रूपमा १ लाख ३७ हजार विदेश

काठमाडौं, २५ जेठ । नेपालबाट स्थायी रूपमा देश छाड्ने नेपालीको संख्या पछिल्लो दुई वर्षमा तीव्र रूपमा बढेको छ। बेरोजगारी, भ्रष्टाचार, राजनीतिक अस्थिरता, अराजकता र अवसरको अभाव जस्ता कारणले गर्दा नेपालीहरू ठूलो संख्यामा विदेशीन थालेका छन् । 

अध्यागमन विभागबाट प्राप्त तथ्यांकअनुसार, सन् २०२३ र २०२४ मा मात्र १ लाख ३७ हजार ७५० नेपालीले स्थायी रूपमा देश छाडेका छन् । यसमध्ये पुरुषको संख्या ७१ हजार २०७ छ भने महिला ६६ हजार ५३८ जना छन् ।

यस अवधिमा सन् २०२३ मा मात्रै ६६ हजार ८३५ र सन् २०२४ मा ७० हजार ९१५ नेपाली स्थायी रूपमा विदेश गएका छन्। यति ठूलो संख्यामा नेपालीको स्थायी बसाइँ सराइले देशमा श्रम, सीप र सम्भावित लगानीको पलायन भइरहेको चिन्ता व्यक्त गरिएको छ।

स्थायी बसाइँसराइ मात्र होइन, अस्थायी रूपमा पनि ठूलो संख्यामा नेपाली विदेश गएका छन्। सन् २०२३ र २०२४ को बीचमा १ लाख ९३ हजार १७६ नेपालीले अस्थायी रूपमा विदेशमा बस्ने अनुमति लिएर गएका छन्।

यसैगरी रोजगारीको खोजीमा मात्रै दुई वर्षमा १६ लाख ६४ हजार ८३७ नेपाली देश छाडेका छन्। सन् २०२३ मा ८ लाख ८ हजार ४१५ र २०२४ मा ८ लाख ५६ हजार ४२२ जना नेपाली रोजगारका लागि विदेश गएका हुन्।

शैक्षिक भिसामा विदेश जानेको संख्या पनि उल्लेख्य रहेको छ। दुई वर्षमा २ लाख २७ हजार ९५१ विद्यार्थीले विदेशका शैक्षिक संस्थामा भर्ना हुने उद्देश्यले नेपाल छाडेका छन्। सन् २०२३ मा १ लाख ८ हजार ५४२ र २०२४ मा १ लाख १९ हजार ५०९ विद्यार्थी विदेश गएका हुन्।

त्यस्तै, भिजिट भिसामा विदेश जाने नेपालीको संख्या पनि उच्च देखिएको छ। दुई वर्षमा ४ लाख ७८ हजार ८४६ नेपाली घुमफिरका लागि विदेश गएका छन्। सन् २०२३ मा २ लाख ४ हजार ५१८ र २०२४ मा २ लाख ७४ हजार ५१८ जना भिजिट भिसामा विदेश गएका छन्।

पछिल्ला वर्षहरूमा देश छाड्ने नेपालीको दर उच्च छ, जुन राष्ट्रिय नीति निर्माताका लागि चिन्ताको विषय बनेको छ। जनशक्ति, सीप, र सम्भावनाको पलायनले दीर्घकालीन रूपमा देशको विकास प्रक्रियामा गम्भीर असर पार्न सक्छ। यस्तो अवस्थामा सरकार र सरोकारवालाले गम्भीर समीक्षा र नीतिगत हस्तक्षेप आवश्यक देखिन्छ।

 


Thali Mobile Pvt.Ltd.