भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बङ्गलादेशमा चुनाव २०२६ अप्रिलमा हुने सम्भावना

बङ्गलादेशमा चुनाव २०२६ अप्रिलमा हुने सम्भावना

काठमाडौँ, २४ जेठ । बङ्गलादेशको अन्तरिम सरकारका प्रमुख सल्लाहकार मोहम्मद युनुसले देशमा आगामी चुनावको सम्भावित मिति घोषणा गरेका छन्। शुक्रबार राष्ट्रको नाममा सम्बोधन गर्दै युनुसले २०२६ को अप्रिल महिनाको पहिलो पन्ध्र दिनभित्र चुनाव गराउने सरकारको तयारी रहेको बताएका हुन्।

बीबीसी बङ्गलले जनाएअनुसार, सम्बोधनका क्रममा प्रमुख सल्लाहकार युनुसले निर्वाचन आयोगले यो घोषणालाई आधार मानेर उपयुक्त समयमा निर्वाचनको विस्तृत रोडम्याप सार्वजनिक गर्ने स्पष्ट पारे।

बीएनपीको चाँडो चुनावको माग

त्यहाँको प्रमुख विपक्षी दल बङ्गलादेश नेश्नलिस्ट पार्टी (बीएनपी) ले यस वर्षको डिसेम्बरभित्र चुनाव हुनुपर्ने माग राख्दै आएको छ। बीएनपीसहितका अन्य दलहरूले चुनावको मिति नतोकेको भन्दै पटक–पटक सरकारको आलोचना गर्दै आएका थिए।

 यद्यपि युनुसले यसअघि पनि चुनाव २०२४ को डिसेम्बर र २०२५ को जुन महिनाको बीचमा गरिनुपर्ने धारणा सार्वजनिक गर्दै आएका थिए। अहिले घोषणा गरिएको सम्भावित मिति अनुसार चुनाव अझ पछि सरेको देखिन्छ, जसले बङ्गलादेशको राजनीतिमा थप बहस र ध्रुवीकरण बढ्न सक्ने संकेत दिएको छ।

 


Thali Mobile Pvt.Ltd.