भर्खरै : Sorry, your browser does not support inline SVG.
जेनजी आन्दोलनका क्रममा नख्खु कारागारबाट भागेका कैदी बैतडीबाट पक्राउ | संसदीय मर्यादा उल्लंघन गरेको आरोप लगाउँदै हर्क साम्पाङद्वारा प्रधानमन्त्रीको राजीनामा माग | ट्रम्प–सी भेटवार्तामा व्यापार सम्झौतामा जुटेन ठोस सहमति | होल्डिङ सेन्टरमा १९ दिन बित्दा पनि अन्योलमा सुकुमवासी, स्क्रिनिङमै अलमलियो सरकार | बालेन सरकारले राष्ट्रिय अनुसन्धान विभाग फेरि प्रधानमन्त्री कार्यालय मातहत ल्यायो | सरकारसमक्ष ६ बुँदे सर्त अघि सार्दै जेनजीले बहिष्कार गरे संविधान संशोधन कार्यदलले बोलाएको छलफल | भारतले किन लगायो चिनी निर्यातमा प्रतिबन्ध ? | उत्तर प्रदेशमा शक्तिशाली आँधी, ५६ जनाको मृत्यु |

 युद्धप्रभावित भारतका क्षेत्रमा हजारौँ नेपाली, तर सरकारसँग तथ्यांक नै छैन

 युद्धप्रभावित भारतका क्षेत्रमा हजारौँ नेपाली, तर सरकारसँग तथ्यांक नै छैन

काठमाडौं,  २८ जेठ ।  भारतका संवेदनशील राज्यहरू-जम्मु काश्मीर, पञ्जाब, राजस्थान, गुजरात र हिमाञ्चल प्रदेशमा हजारौँ नेपाली पसिना बगाइरहेका छन्। तर दु:खको कुरा, उनीहरू कहाँ छन्, कति छन्- नेपाल सरकारसँग त्यसको कुनै यकिन तथ्यांक छैन। विदेशी भूमिमा श्रम गरिरहेका आफ्नै नागरिकको अवस्थाबारे राज्य अनभिज्ञ देखिनु आफैँमा गम्भीर प्रश्न हो।

दिल्लीस्थित नेपाली दूतावासले युद्धप्रभावित क्षेत्रका नेपालीहरूलाई सतर्क रहन अपिल त गरेको छ, तर उनीहरू कुन ठाउँमा छन्, कति छन् भन्नेबारे सोध्दा “थाहा छैन” भन्ने उत्तर आउँछ।

भारतका लागि नेपाली राजदूत डा. शङ्कर शर्माले भन्छन्:

“हामी नेपालीहरूको अवस्था बुझ्न प्रयास गरिरहेका छौं, तर सरकारी संयन्त्रमार्फत तथ्यांक आएको छैन।”

तर, भारतमा रहेका नेपाली संघसंस्था र सामाजिक अभियन्ताहरूले भने करिब–करिब यकिन आँकडा दिएका छन्। जम्मु काश्मीरमा मात्र ३० हजारभन्दा बढी नेपाली, होटल, ट्रेकिङ, गार्ड, चौकीदार, उद्योग, र कृषि मजदुरीमा संलग्न छन्।

राज्यअनुसार अनुमानित नेपाली संख्याः

  • पञ्जाब – १ लाख ५० हजार+

  • राजस्थान–गुजरात – करिब १ लाख

  • हिमाञ्चल–काश्मीर – करिब ३०–५० हजार

  • सैन्य–प्राविधिक सेवा – झन्डै १ लाख

युद्धको छायाँ फैलिँदै गर्दा विदेशिएका नेपालीहरूको सुरक्षामा सरकारले गम्भीर चासो नदिँदा चिन्ता बढेको छ। जहाँ मुलुकका छोराछोरी रगत–पसिना बगाइरहेका छन्, त्यहाँ उनीहरूको अवस्थाबारे मौनता भयावह मानिन्छ।

“दूतावास र सरकारको पहिलो दायित्व आफ्ना नागरिकको संरक्षण हो,” एक सामाजिक अभियन्ताले भने, “तथ्यांक नहुनु भनेको संकट आउँदा उनीहरूलाई बेवास्ता गर्नु सरह हो।”

 


Thali Mobile Pvt.Ltd.