भर्खरै : Sorry, your browser does not support inline SVG.
सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक | हिमनदी पग्लिने गति बढ्दा भारतमा बढ्यो विपद् र आर्थिक जोखिम, १८९ हिमताल उच्च जोखिममा |

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, मधेसमा हावाहुरीको चेतावनी

पहाडी क्षेत्रमा हल्कादेखि मध्यम वर्षा, मधेसमा हावाहुरीको चेतावनी

काठमाण्डौ, २८ बैशाख । देशभरको मौसममा आज विविधता देखिएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाले सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशका पहाडी क्षेत्रहरूमा मेघगर्जन र चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना जनाएको छ। साथै, कोशी र बागमती प्रदेशका पहाडी भूभागहरूमा पनि हल्का वर्षा हुने संकेत गरिएको छ।

मौसमविद् डेभिड ढकालका अनुसार, दिउँसोतिर काठमाडौं उपत्यकामा पनि छिटपुट वर्षा हुन सक्ने अनुमान गरिएको छ। अर्कोतर्फ, मधेस प्रदेशका केही स्थानहरूमा हावाहुरी चल्ने सम्भावना रहेको जनाइएको छ।

तराई–मधेस क्षेत्रहरूमा गर्मी थप बढेको छ। भैरहवामा हिजो देशकै उच्चतम तापक्रम ४१.५ डिग्री सेल्सियस मापन गरिएको थियो। आजको तापक्रम यसभन्दा केही कम हुने अनुमान गरिएको छ। काठमाडौं उपत्यकामा हिजो ३१.६ डिग्री सेल्सियस तापक्रम मापन भएको थियो र आज पनि ३० देखि ३२ डिग्रीको बीचमा तापक्रम रहने सम्भावना छ।

महाशाखाका अनुसार हाल पश्चिमी वायु, स्थानीय वायुसँगै अरब सागरबाट आइरहेको जलवाष्पयुक्त हावाको प्रभाव देशभर परेको छ। साथै, हिमाली केही भागहरूमा हल्का हिमपातको सम्भावना पनि जनाइएको छ। वर्षा र हावाहुरीको सम्भावनालाई ध्यानमा राख्दै महाशाखाले नागरिकहरूलाई आवश्यक सतर्कता अपनाउन अनुरोध गरेको छ।

 


Thali Mobile Pvt.Ltd.