नेपालको जलविद्युतमा भारतीय वर्चश्व, पूर्वाधार विकासमा जोड दिनु आवश्यक

नेपालको जलविद्युतमा भारतीय वर्चश्व, पूर्वाधार विकासमा जोड दिनु आवश्यक

काठमाडौं । जलविद्युत क्षेत्रका लगानीकर्तालाई उत्साही थपे पनि नेपालको जलविद्युत क्षेत्रमा भारतीय एकाधिकार कायम भएको छ । नेपाल र भारतबीच २५ वर्षे विद्युत व्यापार सम्झौता भएपछि भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट विजुली किन्ने गरी भएको सम्झौताले झन भारतीय एकाधिकार बढेको हो ।

विद्युतीय व्यापार सम्झौतालाई नै मुख्य एजेण्डा बनाएर नेपाल आउनुभएका भारतिय विदेशमन्त्री एस जयशंकर र नेपालका परराष्ट्रमन्त्री एनपी साउद समेतको उपस्थितिमा दुई देशका ऊर्जा सचिवहरूले हस्ताक्षर गरेपछि सम्झौता अघि बढाउने बाटो खुलेको छ ।

सम्झौतामा भारतले नेपालबाट आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत लैजाने उल्लेख छ । साथै भारतका सरकारी तथा निजी क्षेत्रका कम्पनीले नेपालबाट विद्युत खरीदबिक्री गर्न सक्नेछन् । नेपालमा अघिल्लो वर्षायाममा ५ सय र गएको वर्षायाममा ३ सय मेगावाट विद्युत खेर गयो ।

विद्युत उत्पादन थपिंदै जाँदा देशभित्र २ हजार मेगावाट पनि खपत हुने अवस्था छैन । बनेका छन् । साथै सम्झौताको कार्यान्वयन पक्ष कस्तो हुने हो भन्ने चिन्ता पनि छ । गत जेठमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमणका क्रममा गरिएको दीर्घकालीन विद्युत् व्यापारको प्रारम्भिक समझदारीले बिहीबार पूर्णता पाएको हो ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणमा दुबै देशले यस सम्झौतामा सहमति जनाए पनि भारतको मन्त्रिपरिषद्ले सम्झौताको मस्यौदा अनुमोदन गर्न बाँकी रहँदा सम्झौतामा हस्ताक्षर हुन सकेको थिएन । नेपालले यो सम्झौताको लक्ष्य पुरा गर्नका लागि सबै भन्दा पहिले पूर्वाधार विकासमा जोड दिनु आवश्यक छ । निजी क्षेत्र सम्झौता अनुसार विद्युत उत्पादन गर्न तयार रहेको उल्लेख गरिएको छ ।

भारतले आफूले उर्जा व्यापार सम्झौता नगरेका तथा भारतीय र नेपाली लगानीकर्ता बाहेकले विकास गरेका आयोजनाको विजुली नकिन्ने नीति लिएको छ । यसले नेपालको जलविद्युत क्षेत्रमा भारतीय वर्चश्व स्थापित हुने त होइन भन्ने आशंका जन्माइदिएको छ ।

भारतसँग भएको सम्झौताले विद्युत खपत नभएर लागानी डुब्ने हो कि भन्ने त्रास हटेको छ । तर, सम्झौता कार्यान्वयनका लागि भने नेपालले निकै कसरत गर्नुपर्ने अवस्था छ ।

 


Thali Mobile Pvt.Ltd.