यस्ताे छ चागुँनारायण नगरपालिकाको ऐन कानून तर्जुमा र ब्यबस्थापन गर्ने सम्बन्धि ऐन २०८०

यस्ताे छ चागुँनारायण नगरपालिकाको ऐन कानून तर्जुमा र ब्यबस्थापन गर्ने सम्बन्धि ऐन २०८०

प्रस्तावना
नेपालको संविधानको अनूसूचि ८को एकल अधिकार र अनुसूचि ९को संयुक्त अधिकार,स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम यस चागँुनारायण नगरपालिकाले प्राप्त गरेको अधिकारहरुको कार्यान्वयन मार्फत सुशासन ,जवाफदेहिता,पारदर्शितालाई अघि बढाउनु पर्ने,र संघीय तथा प्रदेश कानूनले ब्यबस्था गरेको अवस्थामा सोही बमोजिम हुने गरी नगरपालिकालाई आवस्यक पर्ने ऐन, कानून,नियमावली,र कार्यबिधिहरु तर्जूमा गर्न बान्छनिय भएकाले, नेपालको संविधानको धारा २२६ र स्थानीय सरकार संचालन ऐन २०७४ को दफा ११,१०२(१) बमोजिम चागुनारायण नगरपालिकाको १४ औ नगरसभाले चागुनारायण नगरपालिकाको ऐन कानून तर्जुमा ब्यबस्थापन गर्ने सम्बन्धि ऐन २०८० पारित गरेको छ ।

परिच्छेद १
प्रारम्भिक
१. संक्षिप्त नाम र प्रारभ्मः
(१) यस ऐनको नामः चागुनारायण नगरपालिकाको ऐन कानून तर्जुमा ब्यबस्थापन गर्ने सम्बन्धि ऐन २०८० रहेको छ ।
(२) यो ऐन नगरसभाबाट पारित भएर नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित भएको मितिबाट लागु हुनेछ ।
२. परिभाषाः बिषय या प्रस·ले अर्को अर्थ नलागेमा यस ऐनमा ,
(१) “नगरपालिका” भन्नाले चागुनारायण नगरपालिका सम्झनुपर्छ ।

(२)“ नगर सभा” भन्नाले चागुनारायण नगरपालिकाकोे नगर सभालाई सम्झनु पर्दछ ।
३) “कार्यपालिका” भन्नाले चागुनारायण नगरपालिकाकोे नगर कार्यपालिका सम्झनुपर्छ ।
(४) प्रमुख भन्नाले नगरपालिकाकोे नगर प्रमुखलाई सम्झनुपर्छ ।
५) उपप्रमुख भन्नाले नगरपालिकाको नगर उपप्रमुखलाइ सम्झनुपर्छ ।

(६) “प्रमुख प्रशासकीय अधिकृत”भन्नाले चागुनरायण नगरपालिकाको प्रशासकीय प्रमुखकको रुपमा काम गर्ने कर्मचारी प्रमुखलाई सम्झनु पर्छ । सो शब्दले कार्यपालिका तथा नगरसभा सदस्य सचिव सचिव समेतलाई जनाउनेछ ।
(७) “वडा समिति”भन्नाले नगरपालिकाकोे वडा समिति सम्झनुपर्छ ।
(८) “वडा अध्यक्ष भन्नाले नगरपालिकाकोे वडा अध्यक्ष लाई सम्झनु पर्छ

।९) “कार्यपालिका सदस्य” भन्नाले चागुनारायण नगरपालिकाकोे कार्यपालिका सदस्यहरुर्ला सम्झनु पर्दछ । सो शब्दले नगरप्रमुख
उपप्रमुख तथा वडा अध्यक्ष सदस्य समेतलाई जनाउँछ ।
(१०) “सभा सदस्य ” भन्नाले चागुनारायण नगरपालिकाका नगरसभा सदस्य सम्झनुपर्छ र सो शब्दले नगरपालिका प्रमुख, उपप्रमुख, वडा अध्यक्ष तथा कार्यपालिका सदस्य समेतलाई जनाउँछ ।

(११) “कर्मचारी” भन्नाले चागुनारायण नगरपालिकामा तोकिएको कामकालागि तलव सुबिधा प्राप्त गर्ने गरी बिभिन्न प्रकृति र तहमा नियुक्ति ब्यक्तिलाई सम्झनु पर्दछ ।
(१२) “कानून” भन्नाले संघीय संसद,प्रदेश संस्द र चागुनारायण नगरपालिकाको नगर सभाले पारित गरेको ऐन कानून र नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन, २०७४ बमोजिम यसै ऐनले दिएको अधिकार प्रयोग गरी कार्यपालिकाबाट अध्यायदेशको रुपमा जारी गरेको ऐन कानून समेतलाई सम्झनुपर्छ ।

(१३) अध्यादेश भन्नाले चागुनारायण नगरपालिकालाई प्रचलित कानून बमोजिम तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएका कार्य जिम्मेवारी पुरागर्न तत्काल ऐन आवश्यक परेको तर नगर सभा तत्काल हुन नसक्ने अवस्थामा कार्यपालिकाले अध्यादेशको रुपमा जारी गरेको ऐन,जारी गर्ने ऐन र कानूनलाई सम्झनु पदर्छ ।
(१४) “नियम” भन्नाले नगरपालिकालाई तोकिएका अधिकार क्षेत्र भित्रका विषयमा तोकिएका कार्य जिम्मेवारी पुरा गर्न स्थानीयसरकार संञ्चालन ऐन २०७४ र नगर सभाले पारित गरेको ऐन तथा कार्यपालिकाले अध्यादेशजारी गरी बनेको ऐन समेतको अधिनमा रही कार्यपालिकाबाट जारी भएको नियमावली,कार्यविधि दिग्दर्शन, निर्देशिका, आदेश आदिलाई सम्झनु पर्छ ।

(१५) “स्थानी राजपत्र ” भन्नाले नगरपालिकालाई तोकिएका अधिकार क्षेत्रभित्रका विषयमा तोकिएका कार्य जिम्मेवारी पुरा गर्नचागुनारायण नगरपालिकाको नगर सभा र कार्यपालिकाबाट पारित गरी सरोकारवाला तथा नगरपालिकावासी जानकारी गराउन एवं गराउन एवं लागु भएको घोषणा गर्न जारी गरेको चागुनारायण नगरपालिकाकोे स्थानीय राजपत्र (आधिकारीक सूचनाा पत्र) लाई सम्झनुपर्छ ।

परिच्छेद– २
आवस्यक कानून तर्जुमा सम्बन्धि ब्यबस्था
(३) नगरपालिकाले आवश्यक कानून तर्जूमा गर्न सक्नेः
(१) नेपालको संविधान तथा स्थानीय सरकार सञ्चालन ऐन २०७४,अन्य संघीय तथा प्रदेश कानून बमोजिम नगरपालिका लाई तोकिएका अधिकार क्षेत्रभित्रका बिषयमा तोकिएका कार्य जिम्मेवारी पुरा गर्न नेपालको संविधानको धारा २२६ले दिएको अधिकार प्रयोग गरी स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ तथा १०२ को उपदफा १ बमोजिम नगर सभाले आवस्यक विधेयकहरु पारित गरी लागु गर्नसक्नेछ ।

(२) उपदफा (१) बमोजिमका बिधेयकहरु बनाउने÷पारित गर्नें कार्य नेपलको संविधान,संघीय तथा प्रदेशकानून बमोजिम चागुनारायण नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्र बनाउनु पर्नेछ ।
(३) उपदफा (१) वमोजिमका विधेयकहरु पारित गर्न नगर कार्यपालिकाको बैठकले पारित गरी नगरसभामा पेश गर्नुपर्नेछ ।
(४) उपदफा (१)वमोजिम पारित विधेयकहरु पारित भएको ७ दिन भित्र नगरपालिका प्रमुखबाट प्रमाणित गरिनेछ ।
(५) पारित बिधेयकहरु उपदफा (४)वमोजिम नगरपालिका प्रमुखबाट प्रमाणित भपछि उक्त बिधेयकहरु नगरपालिकाको ऐन हुनेछ ।

(६) नगरपालिकाका नगर प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले चागुनारायण नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित गर्नेछ ।
७) पारित भई प्रमाणित भएर बनेका ऐनहरु नगरपालिकाकोे स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखि लागुु हुनेछ ।
८)कार्यपालिकाले पारित गरी नगर सभा मा पेश गर्र्ने, पारित गर्ने, प्रमाणित गर्ने तथा स्थानीय राजपत्रमा प्रकाशन हुने बिधि तथा प्रकृया तोकिए बमोजिम हुनेछ ।

(४) अध्यादेशबाट कानून बनाउन सक्ने
(१) नेपालको संबिधानको अनुसूचि ८ र अनुसूचि ९ तथा संघीय ,प्रदेश कानून तथा स्थानिय सरकार सञ्चालन ऐन २०७४ बमोजिम नगरपालिकालाई तोकिएका अधिकारक्षेत्रका बिषयमा तोकिएका कार्य जिम्मेवारी पुरा गर्न ततकाल ऐन आावश्यक परेको तर नगरसभा तत्काल हुन नसक्ने अवस्थामा कार्यपालिकाले अध्यादेशबाट विधेयक पारिुत गर्न सक्नेछ ।

(२) उपदफा (१) बमोजिम बिधेयक वनाउदा÷पारित गर्दा नेपालको संविधान, संघीय तथा प्रदेश कानून बमोजिम स्थानीय तहको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्रै बनाउनु पर्नेछ ।
(३) उपदफा (१) वमोजिम पारित विधेयकहरु पारित भएको ३ दिन भित्र नगरपालिका प्रमुखबाट प्रमाणित गरिनेछ ।
(४) कार्यपालिकाबाट अध्यादेशको रुपमा पारित बिधेयकहरु उपदफा ३ वमोजिम नगरपालिका प्रमुखबाट प्रमाणित भएपछि उक्त विधेयकहरु चागुनारायण नगरपालिकाको ऐन हुनेछ ।
(५) उपदफा (४) वमोजिमका नगरपालिकाको ऐनहरु नगर प्रमुखको निदेशनमा प्रमुख प्रशासकीय अधिकृतले चागुनारायण नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित गर्नेछ ।

(६)अध्यादेश स्थानीय राजपत्रमा प्रकाशित भएको मिति देखी लागु हुनेछ ।
७) उपदफा (६) वमोजिम लागु भएका ऐन त्यस पछी हुने नगर सभा नभएसम्म कायम रहनेछ ।
८) अध्यायदेशबाट जारी भै वनेको ऐनको निरन्तरताको लागि जारी भए पछी वसेको नगर सभाले पारित गर्नु पर्नेछ ।
(९) कार्यपालिकाले अध्यायदेशवाट जारी गरेको ऐन जारी भएपछिी हुने नगरसभाले पारित नगरेको अवस्थामा पारित नगरेको दिन बाट स्वत ः निस्कृय हुनेछ ।

(१०) अध्यादेश बिधेययक तयारी,पारित गर्ने प्रमाणित गर्ने तथा स्थानीय राजपत्रमा प्रकाशन हुने बिधि प्रकृया तोकीए बमोजिम हुनेछ ।
(११) अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कार्यपालिकाले जारी गरेको अध्यादेश बिधेययकबाट बनेको ऐन अनुसार कार्यान्वयन भए गरिएका कमा कारबाही प्रचलित कानून अनुसार भएको मानिनेछ ।

५) ऐन संशोधन वा खारेजी वा बिस्थापन (प्रतिस्थापन)
(१) नगरपालिकाले पारित गरी लागु गरेका ऐनहरुमा आवस्यक शंशोधन,प्रतिष्थापन,वा खारेजी गर्नु परेमा नगरसभाले संशोधन,प्रतिस्थापन वा खारेजी गर्न सक्नेछ ।
(२) उपदफा (१) बमोजिम गर्दा नेपालको संविधान,संघीय तथा प्रदेश कानून बमोजि चाँगुनारायण नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने बिषयमा मात्रै गर्नु पर्ने छ ।
(३) उपदफा १ बमोजिम संसोधन वा खारेजी गर्न कार्यपालिकाको बैठकले पारित गरि नगरसभामा पेश गर्नुपर्नेछ।

(४) उपदफा (३) बमोजिम भएको संसोधन वा खारेजी पारित भएको ७ दिन भित्र नगर प्रमुख बाट प्रमाणित गरिनेछ ।
(५) पारित संसोधन वा खारेजी उपदफा (४)वमोजिम नगर प्रमुखबाट प्रमाणित भएपछि नगरप्रमुखको निर्देशनमामा प्रमुख प्रशासकीय अधिकृतले चागुनारायण नगरपालिकाको स्थानीय राजपत्रमा प्रकाशित गर्नेछ र लागु हुनेछ ।

६) कार्यपालिकाले पारित गरी नगरसभामा पेशगर्ने, पारित गर्ने, प्रमाणित गर्ने, तथा स्थानीय राजपत्रमा प्रकाशन हुने विधी तथा प्रकृया तोकिए वमोजिम हुनेछ ।
(६) नियमावली,कार्यबिधि निर्देशिका बनाउन सक्नेः
(६) नियमावली कार्याबिधि निर्देशिका संसोधन वा खारेजीः
(१) नगरपालिकाले पारित गरी लागु गरेका नियमावली, कार्यविधि, निर्देशिकाहरुमा आवस्यक संसोधन वा खारेजी गर्नू परेमा कार्यपालिकाको बैठकले संसोधन वा खारेजी वा बिस्थापन गर्न सक्नेछ ।

(२) उपदफा १ बमोेजिम गर्दा नेपालको संविधान,संघीय तथा प्रदेश कानून बमोजिम चागुनारायण नगरपालिकाको क्षेत्राधिकार भित्र पर्ने विषयमा मात्रै गर्नु पर्नेछ ।
(३) उपदफा (१) वमोजिम भएको संशोन वा खारेजी पारित भएको ७ दिन भित्र नगरप्रमुख बाट प्रमाणित गरिनेछ ।
(४) पारित संसोधन वा खारेजी उपदफा ३ बमोजिम नगर प्रमुखबाट प्रमाणित भएपछि नगर प्रमुखको निर्देशनमा प्रमुख प्रशासकीय अधिकृतले चागुनारायण् नगरपालिकाको स्थानीइ राजपत्रमा प्रकाशित गरी लागु हुनेछ ।

(५) कार्यपालिकाले संसोधन वा खारेजी वा बिस्थापन गर्ने,प्रमाणित गर्ने तथा स्थानीय राजपत्रमा प्रकाशन हुने बिधि तथा प्रकृया तोकिए बमोजिम हुनेछ ।

परिच्छेद –३
ऐन नियम आदेश तथा अधिकारपत्र प्रमाणिकरण
(८) नगर सभा लिखत वा कागजातको प्रमाणिकरण
(१)नगर सभाबाट पारित भएको विधेयकलाई नगर सभाको सदस्य सचिवले पारित बिधेययक एवं संसोधनहरु आनुषंगिक मिलान गरी प्रमाणिकरण को लागि तयार गर्नेछ ।
(२) नगरसभाबाट पारित भएको विधेयक तथा अन्य पारित प्रस्तावहरु सदस्य सचिवले अभिलेखिकरण प्रमाणिकरणका लागि तयार गर्नेछ ।

(३) उपदफा (१) र (२) बमोजिम तयार बिधेययक एवं संशोनहरु आनुषांगिक मिलन तथा अन्य प्रस्तावहरु नगरपालिका प्रमुखबाट प्रमाणिकरण गरिने छ।
(४) उपदफा (१) र (२) अनुसार तयार भई उपदफा (३) अनुसार प्रमाणिकरण भएका विषयहरु नगरपालिकाको स्तानीय राजपत्रमा प्रकाशित
भएर लागु हुनेछ ।

९) कार्यपालिकाको निर्णय, लिखत वा कागजातको प्रमाणिकरणः
(१) नगरपालिकाको लागि आस्यक नीति, नियम निर्देशिका तथा कार्यबिधि कार्यपालिकाको बैठकबाट स्वीकृत भएपछि नगर प्रमुखले
प्रमाणिकरण गर्नेछ ।
(२) कार्यपालिकाबाट पारित भएको अन्य पारित प्रस्ताव निर्णय तथा अभिलेखहरु सदस्य सचिवबाट प्रमाणिकरण गरिनेछ ।
(१०) न्यायिक समितिको निर्णय वा आदेशको प्रमाणिकरणः

(१) न्यायिक समितिको निर्णय वा आदेश उक्त समितिका संयोजक र सदस्यहरुले संयुक्त रुपमा प्रमाणित गर्नेछन ।
(२) यस दफा बमोजिम भएको निर्णय वा आदेशको प्र्रतिलिपी (नक्कल) न्यायिक समिति सञ्चालन कार्यबिधि २०)७५ बमोजिम प्रमाणित हुनेछ ।
(३) अन्यत्र जुनसुकै कुरा लेखिएको भएतापनि कुनै खास लिखत वा कागजात प्रमाणिकरणका लागि कानून बमोजिम कुनै खास अधिकारी तोकिएको रहेछ भने त्यस्तो लिखत वा कागजात त्यस्तो अधिकारीबाट प्रमाणिकरण हुनेछ ।

परिच्छेद ४
बिबिध
(११) बाधा अड्काउ फुकाउने अधिकारः
१)यस ऐनको उद्देश्य कार्यान्वयन गर्न कुनै बाधा अड्काउ परेमा कार्यापलिककाले त्यस्तो वाधा अड्काउ
फुकाउन आदेश जारी गर्न सक्नेछ । उक्त आदेश त्यस पछि हुने नगरसभाले पारित गरेको हद सम्म मात्र
कायम रहनेछ ।

२)नगरसभा तथा कार्यपलिकाबाट पारित भएका ऐन,बिधेयक,अध्यादेश,नियमावली,कार्यबिधिहरु,निर्देशिकाहरु, मापदण्डहरु,नगरपालिकाको कार्यालयको रेकर्डमा सक्कल प्रमाणिकरण प्रति फेला नपरेमा वा च्यातिएमा वा कुनै प्राकृतिक बिपत्ती परी नष्ट भएमा सो कारणले मात्रृ सो का आधारमा भएगरेका कार्यहरु ऐन,बिधेयक,अध्यादेश ,नियमावली,कार्यबिधिहरु,निर्देशिकाहरु, मापदण्डहरु बिपरित भएको मानिने छैन ।

३)ऐन,बिधेयक,अध्यादेश,नियमावली,कार्यबिधिहरु,निर्देशिकाहरु, मापदण्डहरु भूलवस प्रमाणीकरण छुट भएको,कार्यालय को अभिलेखमा सक्कल प्रमाणिकरण प्रति हराएमा, च्यातिएमा वा प्राकृतिक बिपत्ति परी नष्ट भएमा त्यस्तो ऐन, बिधेयक, अध्यादेश,नियमावली,कार्यबिधिहरु,निर्देशिकाहरु, मापदण्डहरुको सक्कल प्रति उपलब्ध हुन नसकेको अवस्थामा सो अनुसारका कार्यहरु सम्पादन गर्न समस्या उत्पन्न भएमा प्रतिलिपी उपलब्ध भएमा सोही अनुसार र प्रतिलिपी उपलब्ध हुन नसकेमा सोही ब्यहोरा खुलाई सम्वन्धित शाखाहरुवाट टिप्पणी आदेश मार्फत नगर प्रमुखबाट सदर गराई पुनःलेखन,मुद्रण गरी प्रमाणीकरण गरी सुरक्षित राख्नु पर्नेछ ।

४)यसरी उपदफा ३ बमोजिम पुन प्रमाणीकरण भएको अवस्थामा ऐन,बिधेयक,अध्यादेश,नियमावली,कार्यबिधिहरु, निर्देशिकाहरु, मापदण्डहरु जारी भै प्रमाणीकरण भएका मिति सम्म भए गरेको कार्यलाई सोही साविक ऐन नियम कार्यबिधि बमोजिम भए गरेको मानिने छ ।

(१४)खारेजी तथा बचाउः
१) यस ऐन संबिधान,प्रचलित कानूनसग बाझिएमा बाझिएको हदसम्म खारेज भएको मानिनेछ ।
२) यस ऐनलागु हुनु भन्दा अगावै प्रचलित कानून बमोजिम भएका काम कारबाहीहरु यसै ऐन बमोजिम भएको मानिने छ ।

 


Thali Mobile Pvt.Ltd.