भर्खरै : Sorry, your browser does not support inline SVG.
न्यायाधीश दरबन्दी पुनरवलोकन गर्न उच्चस्तरीय समिति गठन गरिने | फ्रान्समा विद्यार्थी आन्दोलन चर्कियो, सयौँ विद्यालय प्रभावित | धनौजीका पूर्वप्रमुख प्रशासकीय अधिकृत र पत्रकारसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा | २३ गतेदेखि दसैँको अग्रिम टिकट बुकिङ खुला, भाडा नबढाउने सिटौलाको प्रतिबद्धता | सूर्यविनायकमा दसैँ विशेष अन्तरवडा फुटबल प्रतियोगिता हुँदै, विजेतालाई १ लाख पुरस्कार | विश्व अण्डा दिवसको अवसरमा सप्ताहव्यापी कार्यक्रम | बाढी पहिरोले म्याग्दीका साढे ५ सय घरपरिवार प्रभावित | मुस्ताङ जाने जहाजमा नेपालीलाई टिकटै नदिएको गुनासो, प्रशासनले तोक्यो दुई सिट अनिवार्य |

नेपालले अमेरिकालाई दियो १७१ रनको विस्फोटक ब्याटिङ

नेपालले अमेरिकालाई दियो १७१ रनको विस्फोटक ब्याटिङ

काठमाडौं । टी २० आई सिरिजअन्तर्गत दोस्रो खेलमा नेपालले अमेरिकाविरुद्ध १७१ रनको विस्फोटक लक्ष्य प्रस्तुत गरेको छ ।

टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धातिर २० ओभरमा ६ विकेट गुमाएर १७० रन बनायो । नेपालका लागि कुशल भुर्तेलले विस्फोटक ब्याटिङ गरेका हुन । ५४ बलको सामना गरेका उनले ९२ रन बनाए ।

नेपालका लागि अनिल साहले २५, गुल्सन झाले १९ र कप्तान रोहित पौडेलले १८ रन बनाए । १ बलको सामना गरेको कसन केसीले ६ रन बनाए । दिपेन्द्र सिंह ऐरीले २ रन बनाएर आउट हुँदा आसिफ शेख र आरिफले १/१ रन बनाए ।

 


Thali Mobile Pvt.Ltd.