भर्खरै : Sorry, your browser does not support inline SVG.
नार्कको अनुसन्धान किसानमुखी नभएको भन्दै सांसदहरूको प्रश्न, सुधारका लागि ऐन संशोधनदेखि निजी क्षेत्रको सहभागितासम्मको प्रस्ताव | अन्तरिक्ष केन्द्रमा चीनको नयाँ प्रयोग, गहुँदेखि आलुसम्म बाली उत्पादन | रुसको संसदीय चुनावमा पुटिनसमर्थित दल अगाडि, विपक्षीमाथि प्रतिबन्धको आरोप | असोज ९ देखि ११ गतेसम्म अति भारी वर्षाको सम्भावना, मौसम विभागले जारी गर्‍यो विशेष बुलेटिन | एन्फाको निलम्बन चाँडै फुकुवा हुन सक्ने मन्त्री पोखरेलको दाबी | भोटेकोशी–त्रिशूली विपद् अध्ययन गर्न ३ महिनाको समयसहित संसदीय विशेष समिति गठन | ट्राफिक प्रहरीसँग विवादपछि काठमाडौँमा मिनीबसमा आगलागी, चालक गम्भीर घाइते | हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह |

गणेशमान वाटिकामा नेताहरूको भीड, प्रतिमामा माल्यापण गरेर विचारमा सुधारल्याउन जोड

गणेशमान वाटिकामा नेताहरूको भीड, प्रतिमामा माल्यापण गरेर विचारमा सुधारल्याउन जोड

भक्तपुर । प्रजातन्त्र पुनःस्थापनाका लागि २०४६ सालमा भएको जनआन्दोलनका सर्वोच्च कमान्डर गणेशमान सिंहको ११०औँ जन्मजयन्तीको अवसरमा नेपाली काँग्रेस भक्तपुरले प्रतिमामा माल्यार्पण गरेको छ । २०४६ सालको जनआन्दोलन सफल भएपछि तत्कालीन राजा वीरेन्द्र शाहले प्रधानमन्त्री बन्न प्रस्ताव गर्दा आफ्ना समकक्षी नेता कृष्णप्रसाद भट्टराईलाई अघि सारेको र नेपाली राजनीतिमा महान त्यागको उच्च नमूना गणेशमान भएको नेताहरुले जिकिर गरेका छन् ।

गणेशमान जयन्तीको अवसरमा कटुञ्जेमा रहेको गणेशमान सिंह वाटिकामा माल्यापण गर्दै साँसद दुर्लभ थापाले गणेशमानको योगदानको स्मरण गर्दै अहिले काँग्रेसी नेताहरु सोही अनुसार त्यागी र सहयोगी बन्नुपर्ने बताए । १९७२ साल कात्तिक २४ गते काठमाडौंको क्षेत्रपाटीमा जन्मेका नेता सिंहको २०५४ असोज २ गते निधन भएको थियो । सिंहले १९९७ सालमा स्थापना भएको नेपालको पहिलो राजनीतिक दल प्रजा परिषद्को सदस्य भई राणा शासन हटाउने अभियानमा सक्रिय भएका थिए ।

राणाशासन विरोधी अभियानमा लागेपछि तत्कालीन सरकारले उनलाई लामो समय जेल राखेको थियो । जेलबाट भागेर भारतमा पुगी अर्का नेता बिपी कोइरालासँग राजनीतिक सम्बन्ध विकसित गरेर २०१५ सालमा पहिलो निर्वाचनपछि बनेको सरकारमा वरिष्ठ मन्त्री भएका थिए । गणेशमानले २०१७ सालमा प्रजातन्त्र खोसिएपछि आठ वर्ष निरन्तर पहिले सिंहदरबार र त्यसपछि सुन्दरीजल बन्दीगृहमा कारावास जीवनसमेत बिताएको नेताहरुले स्मरण गरे ।

 


Thali Mobile Pvt.Ltd.