भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

प्रहरी सामु रामबहादुर बम्जनको नयाँ खुलाशा, चार वर्षदेखि जंगलमै थिए …

प्रहरी सामु रामबहादुर बम्जनको नयाँ खुलाशा, चार वर्षदेखि जंगलमै थिए …

काठमाडौँ । चार वर्षदेखि प्रहरीलाई छक्क्याएर लुक्न सफल ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तपस्वी’ रामबहादुर बम्जनलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउपछि प्रहरीले बयान लिनेक्रममा उनले भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको खुलाशा गरेका हुन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो ।

१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। जिल्ला अदालत सर्लाहीमा बम्जन विरुद्ध मुद्दा दर्ता भएको छ ।

बम्जन बिरुद्ध सर्लाही जिल्ला अदालतबाट वारेन्ट जारी भएको र उनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । मंगलबार बुढानीलकण्ठ स्थित हात्तीगौँडाबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.