भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

प्रहरी सामु रामबहादुर बम्जनको नयाँ खुलाशा, चार वर्षदेखि जंगलमै थिए …

प्रहरी सामु रामबहादुर बम्जनको नयाँ खुलाशा, चार वर्षदेखि जंगलमै थिए …

काठमाडौँ । चार वर्षदेखि प्रहरीलाई छक्क्याएर लुक्न सफल ‘तपस्वी’ रामबहादुर बम्जनलाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले ‘तपस्वी’ रामबहादुर बम्जनलाई मंगलबार पक्राउ गरेको हो ।

पक्राउपछि प्रहरीले बयान लिनेक्रममा उनले भारतस्थित सिक्कीमको जंगल, रामेछाप, मकवानपुर र सिन्धुलीको जंगलमा बसेको खुलाशा गरेका हुन । जिल्ला प्रहरी कार्यालय सर्लाहीले २०७६ माघ २४ मा बम्जनलाई पक्राउ गर्न ७७ वटै जिल्ला प्रहरी कार्यालयमा पत्राचार गरेको थियो ।

१५ दिनअघि काठमाडौँ आएका बम्जन पाँच दिनअघि परिवार भेट्न भनेर हात्तीगौँडा गएका थिए। जिल्ला अदालत सर्लाहीमा बम्जन विरुद्ध मुद्दा दर्ता भएको छ ।

बम्जन बिरुद्ध सर्लाही जिल्ला अदालतबाट वारेन्ट जारी भएको र उनलाई काठमाडौंबाट सर्लाहीमा पठाउने तयारी गरिएको केन्द्रीय अनुसन्धान ब्यूरोले जनाएको छ । मंगलबार बुढानीलकण्ठ स्थित हात्तीगौँडाबाट उनलाई पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनीविरुद्ध आश्रममा बस्दा त्यहाँ काम गर्ने विभिन्न युवतीलाई शोषण गरेको, बेपत्ता गराएको लगायतका आरोप रहेका छन्।

 


Thali Mobile Pvt.Ltd.