भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नयाँ आर्थिक वर्ष २०८१ र ८२ शुरु, डिजिटलाइजेसन र कृषिमा लगानी दशक घोषणा

नयाँ आर्थिक वर्ष २०८१ र ८२ शुरु, डिजिटलाइजेसन र कृषिमा लगानी दशक घोषणा

काठमाण्डौ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आएको छ । मंगलबारदेखि नयाँ आर्थिक वर्ष २०८१ र ८२ शुरु भएको छ । विनियोजित बजेटको ८० दशमलव ४५ प्रतिशत अर्थात् १४ खर्ब आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८० र ८१ मा झन्डै २० अर्ब रुपैयाँ कम बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको बजेटमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै डिजिटलाइजेसन र कृषिमा लगानी दशक घोषणा गरिएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने, सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीका साथै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्दै छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा व्यवस्थापन गर्नेलगायत कार्यक्रम समेटिएका छन् ।

सरकारले चालू आर्थिक वर्षका लागि गएको जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । चालू खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१ प्रतिशत), पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

गएको वर्ष कांग्रेसबाट अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा गर्नुभएको थियो तर माघ अन्तिममा १५ खर्ब ३० अर्ब बजेटको संशोधित खर्च अनुमान सार्वजनिक गरिएको थियो । बितेको आर्थिक वर्ष २०८० र ८१ मा ८० प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

 


Thali Mobile Pvt.Ltd.