भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

नयाँ आर्थिक वर्ष २०८१ र ८२ शुरु, डिजिटलाइजेसन र कृषिमा लगानी दशक घोषणा

नयाँ आर्थिक वर्ष २०८१ र ८२ शुरु, डिजिटलाइजेसन र कृषिमा लगानी दशक घोषणा

काठमाण्डौ । आर्थिक वर्षको शुरुवातसँगै नयाँ बजेट कार्यान्वयनमा आएको छ । मंगलबारदेखि नयाँ आर्थिक वर्ष २०८१ र ८२ शुरु भएको छ । विनियोजित बजेटको ८० दशमलव ४५ प्रतिशत अर्थात् १४ खर्ब आठ अर्ब ९८ करोड रुपैयाँ मात्रै बजेट खर्च भएको हो ।

अघिल्लो आर्थिक वर्षको तुलनामा आर्थिक वर्ष २०८० र ८१ मा झन्डै २० अर्ब रुपैयाँ कम बजेट खर्च भएको छ । चालू आर्थिक वर्षको बजेटमा अर्थतन्त्रको सुधार र पुनरुत्थान, उत्पादकत्व वृद्धि, रोजगारीका लागि भन्दै डिजिटलाइजेसन र कृषिमा लगानी दशक घोषणा गरिएको छ ।

योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रमको दायरा विस्तार गर्ने, सरकारी तथा संगठित क्षेत्रमा कार्यरत अस्थायी, करार, ज्यालादारी कर्मचारीका साथै अनौपचारिक क्षेत्रका श्रमिकलाई सामाजिक सुरक्षामा आबद्ध गर्दै छरिएर रहेका सामाजिक सुरक्षा कार्यक्रमलाई एकीकृत रूपमा व्यवस्थापन गर्नेलगायत कार्यक्रम समेटिएका छन् ।

सरकारले चालू आर्थिक वर्षका लागि गएको जेठ १५ गते १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँ बराबरको बजेट विनियोजन गरेको थियो । चालू खर्च ११ खर्ब ४० अर्ब ६६ करोड (६१ दशमलव ३१ प्रतिशत), पुँजीगत खर्च तीन खर्ब ५२ अर्ब, वित्त व्यवस्थापनमा तीन खर्ब ६७ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

गएको वर्ष कांग्रेसबाट अर्थमन्त्री रहेका डा. प्रकाशशरण महतले १७ खर्ब ५१ अर्ब ३१ करोड रुपैयाँको बजेट घोषणा गर्नुभएको थियो तर माघ अन्तिममा १५ खर्ब ३० अर्ब बजेटको संशोधित खर्च अनुमान सार्वजनिक गरिएको थियो । बितेको आर्थिक वर्ष २०८० र ८१ मा ८० प्रतिशत मात्रै बजेट खर्च भएको छ ।

 


Thali Mobile Pvt.Ltd.