भर्खरै : Sorry, your browser does not support inline SVG.
बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ | बाढीपीडितको राहत र पुनर्स्थापनामा एकजुट हुन राष्ट्रपति पौडेलको आह्वान | त्रिशूली–१ को सुरुङमा फेरि भेटिए ११ शव, खोजी कार्य जारी | संविधानका अधिकार नागरिकले महसुस गर्ने गरी कार्यान्वयन गर्नुपर्छ : मुख्यमन्त्री थापा | संविधान कार्यान्वयनमा सरकार इमानदार भएर अघि बढ्छ : प्रधानमन्त्री बालेन | भोटेकोशी बाढीपछि क्रमशः लयमा फर्कँदै पर्यटन | बारामा ५ वर्षीया बालिकामाथि बलात्कारको आरोप, ६५ वर्षीय व्यक्ति पक्राउ | इरानी राष्ट्रपतिसहितको टोलीलाई राष्ट्रसंघ महासभामा सहभागी हुन अमेरिकाले भिसा दिने |

तातो लहरका कारण इटालीमा पाँच जनाको मृत्यु

तातो लहरका कारण इटालीमा पाँच जनाको मृत्यु

एजेन्सी । इटालीमा पाँच जनाको ज्यान गएको छ। तातो लहरका कारण पाँच जनाको ज्यान गएको हो । स्थानीय निकायले अध्यादेश जारी गर्दै आगामी अगस्ट ३१ सम्म निर्माण र बगैंचा केन्द्रको काम दिउँसो गर्न निषेध गरेको थियो। पाँचौं मृतक मध्य लाजियोका रहेका छन्।

जुन रोम वरपरको क्षेत्र हो। समाचार एजेन्सीका अनुसार उच्च तापक्रमका कारण हृदयाघात भएको र मृत्यु भएको हुनसक्ने बताइएको छ। देशभरमा कीर्तिमानी उच्च तापक्रम रेकर्ड भएको बताइएको छ।

राजधानीको उपनगरमा एक ६८ वर्षीय पुरुष सडकमा मृत अवस्थामा फेला परेका थिए। लाजियोका स्वास्थ्य अधिकारीहरूले स्वास्थ्य मन्त्रालयसँगको समन्वयमा रोम लगायत यस क्षेत्रका सबै पाँच प्रान्तहरूमा जुलाई १७ सम्मका लागि तातो मौसम चेतावनी जारी गरेका छन्।

गर्मीको लहरले लाजियो, अपुलिया, दक्षिणी क्यालाब्रिया र सिसिलीमा व्यापक जंगलमा आगलागी भएको छ। दक्षिणी अपुलिया क्षेत्रमा समुद्र तटमा गर्मीबाट बच्न खोज्दा ७० देखि ८२ वर्षका चार जनाको मृत्यु भएको एएनएसए समाचार एजेन्सीले जनाएको छ। हालसम्म सबैभन्दा बढी प्रभावित क्षेत्रमध्ये अपुलिया रहेको छ।

 


Thali Mobile Pvt.Ltd.