भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नाइजेरियामा गोठालाहरू र किसानहरूबिच झडप हुँदा एक सय १३ जनाको मृत्यु

नाइजेरियामा गोठालाहरू र किसानहरूबिच झडप हुँदा एक सय १३ जनाको मृत्यु

काठमाडौँ । हिंसात्मक आक्रमण हुँदा नाइजेरीयामा १ सय १३ जनाको मृत्यु भएको छ । शनिबारदेखि अफ्रिकी देश नाइजेरियामा देशको मध्यभाग पठारमा सुरु भएको हिंसात्मक आक्रमणमा परी १ सय १३ जनाको मृत्यु भएको हो ।

पठार राज्यका एक वरिष्ठ अधिकारीले सोमबार जानकारी दिँदै शनिबार र आइतबार भएका आक्रमणमा १ सय १३ जनाको मृत्यु भएको बताए । योजनाबद्धढंगले आक्रमण गरिएको उनले बताए । कम्तीमा २० विभिन्न समुदायलाई लुटेराहरूले आक्रमण गरेका थिए ।

मध्य नाइजेरियामा गोठालाहरू र किसानहरूबिच बारम्बार झडपहरू भइरहेका छन् । मे यतापहिलो पटक यस्तो चरम हिंसा देखिएको छ । त्यस बेला किसान–गोठालाहरूको आक्रमणमा १०० जनाभन्दा बढीको मृत्यु भएको थियो ।

 


Thali Mobile Pvt.Ltd.