भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

युद्धग्रस्त क्षेत्र गाजामा पुगेर युद्ध नरोकिने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

युद्धग्रस्त क्षेत्र गाजामा पुगेर युद्ध नरोकिने इजरायली प्रधानमन्त्री नेतान्याहुको दाबी

एजेन्सी । युद्धग्रस्त क्षेत्र गाजाको इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहुले भ्रमण गरेका छन् । हमासलाई समाप्त पार्ने र बन्धकहरुलाई जुनसुकै हालतमा पनि फिर्ता ल्याउने भ्रमणकै क्रममा उनले दाबी गरेका छन् ।

यता इजिष्टले भने दुइपक्षबीच युद्धविरामको प्रस्ताव पुन अघि सारेको छ । हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइका लागि युद्धविराम जरुरी रहेको भन्दै इजिष्टले युद्धविरामको प्रस्ताव अघि सारेको हो ।

यद्दपी दुवै पक्षले युद्धविरामको प्रस्तावलाई अस्वीकार गर्दै आएको छ । गाजामा हमासद्धारा सञ्चालित स्वास्थ्य मन्त्रालयका अनुसार इजरायली बमबारीमा २० हजार ६ सय बढीको मृत्यु भइसकेको छ ।

सैन्य अभियान बिना हमासको कब्जामा रहेका बन्धकहरुको रिहाइ सम्भव नभएको भन्दै नेतान्याहुले युद्ध लडेरै बन्धक रिहा गर्ने ठोकुवा समेत गरे । सोही क्रममा आफना पार्टीका सदस्यहरुलाई जानकारी गराउँदै गाजामा सैन्य अभियान समाप्त नहुने भन्दै आगामी दिनमा आक्रमणलाई थप तीब्रता दिने उनले जानकारी दिए ।

हमास बिरुद्धको युद्ध लम्बिने बताउँदै प्रधानमन्त्री नेतान्याहुले युद्ध कुनै पनि हालतमा नरोकिने दाबी समेत गरे ।

 


Thali Mobile Pvt.Ltd.