भर्खरै : Sorry, your browser does not support inline SVG.
हुथीको बढ्दो आक्रमणले साउदी अरबमा बढायो दबाब, अमेरिकासँग सैन्य सहयोगको आग्रह | नेपालमा ठूलो वर्षाको सम्भावना, तराईदेखि पहाडसम्म बाढी-पहिरोको जोखिम बढ्न सक्ने | जापानी इन्सेफलाइटिसको संक्रमण बढ्दो, १२१ जनामा पुष्टि हुँदा २६ जनाको मृत्यु | युवतीको विवादमा गोली चल्यो, १९ वर्षीय किशोरको खुट्टाबाट निकालियो बुलेट | भक्तपुर नगरद्वारा ‘ख्वप आदर निकेतन’ सञ्चालन, ज्येष्ठ नागरिकको सम्मान र सुरक्षित जीवनमा जोड | खुट्टा भाँचिएको पीडा भुलेर स्वास्थ्य सेवामा सक्रिय सचिव डा. गौतम, नुवाकोट वारि नै प्रसूति र आकस्मिक सेवा दिने तयारी | बाढी प्रभावित नुवाकोटमा स्वास्थ्य सेवा विस्तार, वारि अस्थायी बर्थिङ सेन्टर र आधारभूत स्वास्थ्य केन्द्र स्थापना | बागमती प्रदेशद्वारा क्यान्सर र मुटु रोगीका लागि १८ अस्पतालसँग सम्झौता, मन्त्री तामाङ भन्छन्- ‘बिरामीले सहज सेवा पाउनुपर्छ, सोधभर्ना समयमै गर्छौँ’ |

हिलालाई काम गर्न प्रतिबन्ध लगाएका कारण अफगानिस्तानमा अर्थतन्त्र खस्क्योः राष्ट्रसङ्घ

हिलालाई काम गर्न प्रतिबन्ध लगाएका कारण अफगानिस्तानमा अर्थतन्त्र खस्क्योः राष्ट्रसङ्घ

एजेन्सी । तालिबानलाई महिलाहरूमाथिको प्रतिबन्ध हटाउन संयुक्त राष्ट्रसङ्घले आग्रह गरेको छ । अफगानिस्तानमा गैर–सरकारी संस्थाहरूमा काम गर्ने महिलाहरूमाथिको प्रतिबन्ध हटाउन संघले आग्रह गरेको हो ।

सन् २०२२ डिसेम्बर २४ मा तालिबानको अर्थ मन्त्रालयले घरेलु र अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूलाई अर्को सूचना जारी नभएसम्म महिला कामदारहरूको रोजगारी निलम्बन गर्न आदेश दिएको थियो । तालिबानको निर्णयको स्वदेशी तथा अन्तर्राष्ट्रिय गैरसरकारी संस्थाहरूले आलोचना गर्दै आएका छन् ।

देशकै अर्थतन्त्रका लागि महत्त्वपूर्ण रहेको र अफगान समाजको कल्याण र प्रगतिका लागि उनीहरूको योगदान आवश्यक रहेको भन्दै काम गर्ने कुरामा महिलाहरुमाथि बन्देज नलगाउन राष्ट्रसङ्घले आग्रह गरेको हो । मानवीय सहायतामा भर परेको देश अफगानिस्तानको अर्थतन्त्र अहिले महिलालाई काम गर्न प्रतिबन्ध लगाएका कारण झनै खस्कँदै गएको राष्ट्रसङ्घको भनाइ छ ।

तालिबानले गैरसरकारी संस्थामा महिलालाई काम गर्न प्रतिबन्ध लगाएको एक वर्ष पुगेको सन्दर्भमा मानव अधिकारसम्बन्धी संयुक्त राष्ट्रसङ्घका विशेष प्रतिवेदक रिचर्ड बेनेटले यस्तो टिप्पणी गर्नु भएको अन्तर्राष्ट्रिय समाचार संस्था एएनआईले जनाएको छ ।

 


Thali Mobile Pvt.Ltd.