भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दा खतरानाक बाटोबाट मानव तस्करी हुने गरेको खुलासा: दुवई पुगेका २५२ नेपालीले गरे उद्धारको आग्रह

नक्कली भुटानी शरणार्थी बनाई अमेरिका पठाउने भन्दा खतरानाक बाटोबाट मानव तस्करी हुने गरेको खुलासा: दुवई पुगेका २५२ नेपालीले गरे उद्धारको आग्रह

काठमाडौं । नेपालीहरूलाई भिजिट भिसामा दुवइ लाने अनि त्यहाँबाट मानवतस्करी गरेर निकारागुवा पठाउने गरेको खुलासा भएको छ । यसमा विभिन्न प्रलोभनमा पारी नेपाली एजेन्टमार्फत दुवई पुगेका नेपालीहरु भारतीय र पाकिस्तानी एजेन्टहरुको जिम्मालाईने गरेको रहस्य खुलेको हो । जब गिरोहले प्रतिव्यक्ति ८०/८० लाख रकम माग ग¥यो तव यो रहस्य बाहिर आएको हो । मानव तस्करले दुवइमा बसेर तस्करी गर्न तयार पारिरेको लिस्ट स्रोतले उपलव्ध गराएको छ ।

तस्करीका सम्भावित पीडितहरूले असी लाख तिर्न नसकेको र आफु तस्करको जालोमा परेको बताउँदै बचाइदिन आग्रह गरेका छन् । निकारागुवा हुदै अमेरिकासम्म तस्करी हुने गरेको स्रोतले बताएको छ । अमेरिकाको दक्षिणी सीमासम्म पुग्न सहयोग गर्नका लागि एजेन्टहरूलाई चार लाखदेखि १२ लाख भारतीय रुपैयाँ (४८ हजारदेखि एक लाख ५० हजार अमेरिकी डलर) तस्करले दिने गरेको बताइएको छ ।

उनीहरू एजेन्टको सम्पर्कमा कसरी पुगे वा एजेन्टहरूले उनीहरूसँग कसरी सम्पर्क गरे र निकारागुवा पुगेपछि उनीहरूको योजना के बन्छ ? भन्ने बारे पीडितले कुनै पत्तो नपाउँने बुझिएको छ । सेप्टेम्बर ११ तारिखमा विमान चार्टर गरेर उड्नलाई २५२ जना तयारी अवस्थामा राखिएको सुदुरपश्चिमका एक पीडितले जानकारी दिए । उनले भने, दुबइका विभिन्न होटेलमा दुई सय ५२ जनालाई राखिएको छ ।

पैसा छिटो जम्मा गर भनेर एजेन्टले ताकेता गरिरहेको छ । होटलमा राखिएका अधिकांश दाङ, रुकुम, सल्यान र खोल्पाका छन् । दाङका ६ महिला ८३ जना पुरुस गरि ८९ जना, रुकुमका १ महिला ७७ पुरुष गरी ७८ जना, सल्यानका २५ जना पुरुष, रोल्पाका ८, पर्वतका ७, ताप्लेजुङका १ पुरुष ५ महिला गरी ६, बागलुङका २ महिला ३ पुरुष गरी ५, जाजरकोट र प्यूटानका ३/३ पुरुष, बाँके र बर्दियाका १/१ महिला १/१ पुरुष, म्याग्दी र सिन्धुलीका २/२ महिला छन् ।

अर्घाखाँची र ओखलडुंगाका १/१ महिला, बाजुरा, जुम्ला, डोल्पा, कैलाली, सिन्धुपाल्चोक, काभ्रे, गुल्मी, गोर्खा, लम्जुङ, खोटाङ, ललितपुरका १/१ पुरुष र ठेगाना नखुलेका ६ पुरुष रहेका छन् । यसरी बाहिर जाँदैछौं भने सुचना नदिन भनिएपछि आफुहरु मानव तस्करीमा पर्न थालेको नाम नखुलाउने शर्तमा पीडितले भनेका छन् । अबको दुई चार दिन भित्रै हुने उडान रोकेर नेपालीको उद्धार गरिन पीडितले नेपाल सरकारसंग आग्रह गरेका छन् । यसमा संलग्न एजेन्टहरु राहुल, मिना, रेशम यादव, अमर, धर्म, आकाश, बिक्रम, मोनिर रहेको उपलब्ध डकुमेन्टमा उल्लेख छ ।

 


Thali Mobile Pvt.Ltd.