भर्खरै : Sorry, your browser does not support inline SVG.
संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभा सुरु, विश्वका प्रमुख चुनौतीमा सहकार्यको आह्वान | भोटेकोशी बाढी : ५ हजार १३२ जना अझै सम्पर्कविहीन, मृतकको सङ्ख्या १ हजार ३६७ पुग्यो | भारतमा महिलाको पेटबाट १३ कलम, ५ चम्चा र मैनबत्ती निकालियो | शहीदका सालिकप्रति परिवारजनको आपत्ति, जेनजी स्मृति पार्क उद्घाटन नगरी फर्किए गृहमन्त्री | डढेलो र अत्यधिक गर्मीले विश्वभर वायु प्रदूषणको जोखिम बढाउँदै, स्वास्थ्यमा गम्भीर असरको चेतावनी | रसुवा बाढीबाट सिक्नुपर्ने पाठ | बागमती नदीमा जलसतह सतर्कता तह पार, आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन आग्रह | भोटेकोशी बाढी : १ हजार ३६४ जनाको शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता |

निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस

काठमाडौं, २१ जेठ । बुधबार ‘निर्दोष बालबालिकामाथि अत्याचारविरुद्धको अन्तर्राष्ट्रिय दिवस’ विश्वभर मनाइएको छ। संयुक्त राष्ट्रसङ्घ महासभाले सन् १९८२ मा प्यालेस्टाइनमाथि इजरायली आक्रमणपछि लेबनान र प्यालेस्टाइनका बालबालिकाले भोगेको हिंसा र दुःखप्रति स्तब्ध हुँदै उक्त दिवस मनाउने निर्णय गरेको हो।

दिवसको मूल उद्देश्य विश्वभर बालबालिकाले भोगिरहेको शारीरिक, मानसिक र भावनात्मक पीडामाथि ध्यान केन्द्रित गर्नु र उनीहरूको सुरक्षा तथा अधिकार सुनिश्चित गर्नु हो।

संयुक्त राष्ट्रसङ्घले ‘बाल अधिकारसम्बन्धी महासन्धि’ अन्तर्गत बालबालिकाको हकको रक्षा गर्न प्रतिबद्धता जनाउँदै आएको छ। यद्यपि आज पनि द्वन्द्व, चरमपन्थ, शोषण र दण्डहीनताको मारमा परेका लाखौं बालबालिका संसारभर छन्।

सन् २०१५ मा पारित दिगो विकास लक्ष्य (SDGs) मा २०३० भित्र सबै प्रकारका बाल हिंसा अन्त्य गर्ने र उनीहरूको संरक्षणका लागि प्रभावकारी नीति अवलम्बन गर्ने प्रतिबद्धता गरिएको छ।

यस दिवसले राज्य, समाज र अन्तर्राष्ट्रिय समुदायलाई बालबालिकामाथि भइरहेको अन्याय र हिंसाप्रति सचेत रहन तथा त्यसको अन्त्यका लागि ठोस कदम चाल्न स्मरण गराउँछ।

 


Thali Mobile Pvt.Ltd.