भर्खरै : Sorry, your browser does not support inline SVG.
काठमाडौँको रात्रि यातायात विस्तार हुँदै, २८ बस र ६ नयाँ रुट प्रस्ताव | बाढी पहिरोले देशभरको सडक सञ्जाल अस्तव्यस्त, मुख्य राजमार्ग प्रभावित | त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी | मियामीमा अमेजनको कार्गो विमान दुर्घटना : पाँच जनाको मृत्यु, पाँच घाइते | वैज्ञानिकहरूले डार्क म्याटरको प्रत्यक्ष खोज मानेका छैनन् | रसुवागढी र तातोपानी ठप्प भएपछि चीनसँगको व्यापार कोरला नाकामा निर्भर | देशका धेरै ठाउँमा मेघगर्जनसहित वर्षाको सम्भावना, केही स्थानमा भारी वर्षा | बाढी प्रभावित क्षेत्रको पुनर्स्थापना र दिगो समाधानका लागि नेकपाको २४ बुँदे प्रस्ताव पारित |

निर्वाचन नजिकिँदै जाँदा आयोग र राजनीतिक दलको गतिविधि तीव्र

निर्वाचन नजिकिँदै जाँदा आयोग र राजनीतिक दलको गतिविधि तीव्र

मुख्य बुँदा

प्रतिनिधिसभा निर्वाचन आउन ८१ दिन बाँकी

निर्वाचन आयोगको तयारी तीव्र

राजनीतिक दलहरू देशव्यापी अभियानमा

उम्मेदवार छनोट र वाचापत्र तयारी सुरु

निर्वाचन सुरक्षाका लागि सेना परिचालन स्वीकृत

काठमाडौं, २८ मंसिर । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै जाँदा निर्वाचन आयोगदेखि राजनीतिक दलहरूसम्मको गतिविधि तीव्र बन्दै गएको छ।

आगामी फागुन २१ गतेका लागि तोकिएको निर्वाचन आउन अब ८१ दिन मात्र बाँकी रहेको छ।निर्वाचनको तयारीस्वरूप निर्वाचन आयोगले प्रत्यक्ष र समानुपातिक दुवै प्रणालीतर्फ राजनीतिक दल दर्ताको प्रक्रिया सम्पन्न गरिसकेको छ।

आयोगका अनुसार निर्वाचन व्यवस्थापन, सुरक्षा र प्राविधिक तयारीलाई समेत गति दिइएको छ।यससँगै प्रमुख, पुराना तथा नयाँ राजनीतिक दलहरूले देशव्यापी रूपमा निर्वाचन केन्द्रित अभियान सुरु गरिसकेका छन्।

नेपाली कांग्रेसले प्रतिनिधिसभा निर्वाचनका लागि प्रत्यक्ष र समानुपातिक प्रणालीतर्फ उम्मेदवार छनोटको प्रक्रिया अघि बढाइसकेको छ। पार्टी केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलका अनुसार अधिकांश जिल्लाले उम्मेदवार सिफारिस गरेर प्रदेशमा पठाइसकेका छन्। उम्मेदवार सिफारिसको म्याद भोलिसम्म तोकिएको छ।

नेकपा एमाले ११औँ महाधिवेशनको तयारीसँगै निर्वाचनमा केन्द्रित हुँदै आएको छ। महाधिवेशनको उद्घाटन समारोहमा अध्यक्ष केपी शर्मा ओलीले सरकारको निर्वाचन तयारीमाथि टिप्पणी गर्दै पार्टी निर्वाचनबाट नभाग्ने स्पष्ट पारे।

यस्तै, नेपाली कम्युनिष्ट पार्टीले ‘सन्देशसभा’का नाममा देशव्यापी रूपमा निर्वाचन केन्द्रित गतिविधि तीव्र बनाएको छ। सो पार्टीले हालै सुर्खेतको वीरेन्द्रनगरमा जनसभाको आयोजना गरेको थियो।

राष्ट्रिय स्वतन्त्र पार्टीले पनि निर्वाचनका लागि वाचापत्र तयारीदेखि उम्मेदवार छनोटसम्मको प्रक्रिया अघि बढाएको छ। समानुपातिकतर्फ उम्मेदवार आवेदन लिएको उक्त पार्टीले विभिन्न भेला र सभामार्फत जनसम्पर्क बढाइरहेको छ।

आगामी निर्वाचनका लागि निर्वाचन आयोगले जनसङ्ख्याका आधारमा समानुपातिक प्रणालीतर्फको प्रतिशत निर्धारणको प्रक्रिया समेत अगाडि बढाइसकेको जनाएको छ। समानुपातिक प्रणालीतर्फ कुल एक सय राजनीतिक दल सहभागी हुने भएका छन्।

निर्वाचन सुरक्षालाई ध्यानमा राख्दै सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सेना परिचालनको स्वीकृति दिइसकेका छन्।

 


Thali Mobile Pvt.Ltd.