भर्खरै : Sorry, your browser does not support inline SVG.
बुद्धनगरमा आत्मदाह प्रयास गरेका अश्विन राउतको निधन, उपचारकै क्रममा ज्यान गयो | स्याउ निर्यात गर्दा स्थानीय तहको सिफारिस अनिवार्य | बागमतीसहित ६ प्रदेशमा भारी वर्षाको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह | बागमतीको बाढीले कीर्तिपुरको होल्डिङ सेन्टर डुबायो, ५४ सुकुम्बासीको उद्धार | बुद्धनगरमा ४५ वर्षीय पुरुषद्वारा आत्मदाहको प्रयास, ५५ प्रतिशत शरीर जलेको अवस्था | सम्पत्ति छानबिन आयोगको काम रोक्न सर्वोच्चको अन्तरिम आदेश, मुद्दा पूर्ण इजलासमा | गणेश नेपाली मृत्यु प्रकरण : डीआईजी गोविन्द थपलियाको नेतृत्वमा ५ सदस्यीय छानबिन समिति गठन | मुस्ताङमा बढ्दो ‘लेक लाग्ने’ जोखिम : एक वर्षमै १६ जनाको मृत्यु, भारतीय पर्यटक सबैभन्दा बढी प्रभावित |

राष्ट्रसङ्घद्वारा इराकमा राजनीतिक मिसन अन्त्य, २२ वर्षपछि युएनएएमआईको भूमिका समाप्त

राष्ट्रसङ्घद्वारा इराकमा राजनीतिक मिसन अन्त्य, २२ वर्षपछि युएनएएमआईको भूमिका समाप्त

मुख्य बुँदा

राष्ट्रसङ्घद्वारा इराकको राजनीतिक मिसन औपचारिक रूपमा अन्त्य

२२ वर्षपछि युएनएएमआईको भूमिका समाप्त

राष्ट्रसङ्घका अन्य कार्यक्रम इराकमा निरन्तर रहने

गुटेर्रेसद्वारा इराक अब सामान्य देश बनेको टिप्पणी

२००३ को बम विस्फोटमा २१ राष्ट्रसङ्घीय कर्मचारीको मृत्यु

एजेन्सी, २८ मंसिर । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले इराकमा संयुक्त राष्ट्रसङ्घको राजनीतिक मिसन औपचारिक रूपमा अन्त्य भएको घोषणा गर्नुभएको छ।

इराक सरकारको अनुरोधअनुसार त्यहाँ कार्यरत संयुक्त राष्ट्रसङ्घ सहायता मिशन (युएनएएमआई) को भूमिका २२ वर्षपछि समाप्त हुने भएको हो। सन् २००३ मा इराकमाथि भएको आक्रमण र त्यसपछिको सङ्क्रमणकालीन अवस्थाबाट देशलाई स्थिरतामा पुर्‍याउन युएनएएमआईले महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएको थियो।

मिसन समापन समारोहलाई सम्बोधन गर्दै महासचिव गुटेर्रेसले इराकी नागरिकसँग काँधमा काँध मिलाएर काम गर्न पाएकोमा युएनएएमआईले गर्व महसुस गरेको बताउनुभएको छ। समाचार संस्था एएफपीका अनुसार गुटेर्रेसले इराकी जनता र सरकारप्रति आभार व्यक्त गर्नुभएको हो।

महासचिव गुटेर्रेसले राजनीतिक मिसन समाप्त भए पनि संयुक्त राष्ट्रसङ्घ इराकबाट पूर्ण रूपमा नहट्ने स्पष्ट पार्नुभएको छ। उहाँका अनुसार शान्ति स्थापना, दिगो विकास र मानव अधिकार प्रवर्द्धनका क्षेत्रमा संयुक्त राष्ट्रसङ्घका विभिन्न सङ्घसंस्था र कार्यक्रमहरू इराकमा निरन्तर सञ्चालनमा रहनेछन्।

इराकका प्रधानमन्त्री मोहम्मद सिया अल–सुडानीसँगको संयुक्त पत्रकार सम्मेलनमा महासचिव गुटेर्रेसले इराक अब सामान्य देशका रूपमा अघि बढ्न सक्षम भएको उल्लेख गर्नुभएको थियो।

उल्लेखनीय छ, सन् २००३ अगस्ट १९ मा बगदादस्थित संयुक्त राष्ट्रसङ्घको मुख्यालयमा भएको ट्रक बम विस्फोटमा इराकका लागि संयुक्त राष्ट्रसङ्घका पहिलो विशेष प्रतिनिधि सर्जियो भिएरा डे मेलोसहित २१ जनाको ज्यान गएको थियो। उक्त घटनाले इराकमा राष्ट्रसङ्घीय मिसनको इतिहासमा गहिरो छाप छोडेको थियो।

 


Thali Mobile Pvt.Ltd.