काठमाडौं । भूकम्प प्रभावित क्षेत्रका स्वास्थ्य सस्थामा सिटमोल सम्म पाइँदैन भन्दा अच्चममा पर्नु भयो होला हैन ? धन्दा नलिनुस जाजरकोटमा यस्तै भएको छ । त्रिपालमा बस्दै आएकी कुशे–९, चौराठा जाजरकोटकी २४ वर्षीया सुत्केरी कल्पना नेपालीले यस्तै पीडा भोगेर मृत्युवरण गरेकी छन् । बुधबार उनको ज्यान गएको हो । आर्थिक अभावले उचित उपचार नपाउँदा उनले अकालमै मृत्युवरण गर्नुपरेको दुःखान्त कल्पना जस्तै कतिका छन् यहाँ ।
मंसिर १७ गते सुत्केरी भएकी कल्पनाले विपन्नताका कारण पेटभरी खाना खान नपाउने अवस्था झेल्नु परेको थियो । बिहान बेलुकाको छाक टार्नै धौ–धौ हुनु, जसकार कारण उचित स्यार सुसार र उपचार पाउन सकिनन् । गरिबी झेल्नु उनका श्रीमान गोपे सुनारको बाध्यता थियो । गोपेले भने, ‘सुत्केरी भएदेखि नै बिरामी थिइन्। चिसोले मुख र जीउ सुन्निएको थियो । ठीक भइहाल्ला नि भनेर गाउँघरकै ओखतीमूलो गर्न तिर लाग्यौं । एक्कासि यसरी प्राण जाला भन्ने ठानेनौं ।’
भूकम्पले घरमा क्षति पुगेपछि गर्भवती श्रीमतीसहित उनी त्रिपालमा बस्दै आएका थिए । स्वास्थ्य संस्थाको व्यथा झन के कम नाममात्रका जसका कारण उनले त्यहाँ लगे पनि राम्रोसँग उपचार नहुनेमा विश्वस्त भए । अलि सुविधासम्पन्न अस्पताल लैजाने पैसा उनीसंग थिएन । त्यही भएर घरमै झारफुक र घरेलु उपचारमा लागे । २५ दिनको छोरा र २ वर्षको अर्को छोरालाई कसरी स्याहार्ने होला ? ज्याला मजदुरी गरी गुजारा चलाउँदै आएका गोपेले भने, ‘भूकम्पपछि काममा पनि जान पाएको छैन । घरमा खानेकुरा पनि छैन ।
बिजोग छ।’ अहिलेसम्म चिसोकै कारण जाजरकोटमा तीन बालबालिकासहित ३० जनाको ज्यान गइसकेको छ । यता रुकुमपश्चिमको व्यथा पनि त्यही छ । अहिले सम्म यहाँ ५ जना गरी ३५ जना भूकम्पपीडितको निधन भइसकेको छ । धेरैजसो निमोनिया र दमका रोगीको निधन भएको स्वास्थ्यकर्मीको दावी छ । चिसोले गर्दा निमोनिया र दमका रोगीलाई निकै असर गरेको उनीहरुको भनाइ छ ।
चिसोले जिल्लाभर श्वासप्रश्वास, निमोनिया, पखाला र दमका बिरामी बढेको स्वाथ्यकर्मी बताउँछन् । नलगाड, बारेकोट, भेरी, जुनीचाँदे, छेडागाड, शिवालय र कुशे गाउँपालिकामा बिरामीको संख्या ह्वातै बढेको छ । स्वास्थ्य सेवा कार्यालय जाजरकोटका अनुसार भूकम्पपछि त्रिपालको बसाईले चिसोका बिरामी बढ्दै गएका छन् । चिसोबाट बिरामी भएर दैनिक १ सयभन्दा बढी बिरामी उपचारका लागि स्वास्थ्य संस्थामा आउने गरेको नलगाड स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक तप्त चनाराले बताए । नलगाड नगरपालिका–७ की माया बादीले चिसो थेगीनसक्नुको बताइन् ।
टाउको दुख्ने, पखाला लाग्ने, रुघाखोकी लाग्नेलगायतका समस्या देखिएको उनको गुनासो छ । त्रिपालको शीतले अनुहार नै सुन्निने गरेको उनको जिकिर छ । नलगाडका चिउरी, पाली, कट्के, करुवा, गर्छिना, लहाँ, डाँडागाउँलगायतका गाउँमा चिसो अधिक छ । त्यहाँ बिरामी बढेको जनस्वास्थ्य निरीक्षक चनाराले बताए । नगर अस्पताल दल्लीमा कार्यरत डा. विशाल उप्रेती बिदामा बसेका छन् ।
बिरामीको चाप बढ्दै गएपछि जिल्ला अस्पताल जाजरकोटबाट डा.अविनव टिंकरी पठाइएको छ । जिल्लाभर चिसोका बिरामी बढेको स्वास्थ्य सेवा कार्यालय जाजरकोटका प्रमुख डा. प्रतीक्षा भारतीले बताइन् । नलगाडमा बिरामीको चाप निकै बढेको उनको भनाइ छ । जिल्लामा करिब ४ सयको हाराहारीमा बिरामी उपचारका लागि आउने गरेको डा. भारतीले बताइन् । पखाला, निमोनिया, दम र रुघाखोकीले धेरै भूकम्पपीडितलाई थला पारेको उनको भनाइ छ।
छैन सिटामोल, विरामीको चाप धेरै
जुनीचाँदे गाउँपालिका–५ की कमला शाही ज्वरोले थलिएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोट पुगिन् । त्यहाँ उनले सिटामोलसमेत नपाइएको गुनासो सुनाइन् । ज्वरो आउँदा सिटामोल नै नपाउनु दुःखद अवस्था हो । औषधि नहुँदा बिरामी उपचारका लागि त्यहाँ आउन छोडेको प्राथमिक स्वास्थ्य केन्द्र गर्खाकोटका इन्चार्ज विनोद कुमार बुढाले बताए । विगत ६ महिनादेखि स्वास्थ्य संस्थामा औषधि नआएको रहेछ ।
पटक–पटक माग गर्दा पनि सुनुवाइ नभएको उनको भनाइ छ । उनले भने, ‘ज्वरो, टाइफाइड, निमोनिया, पखाला, दमलगायतका रोगका बिरामी बढेका छन् । तर, सिटामोल, जीवनजल, एडबान्डाजोल, मेट्रोनिराजोल लगायतका सामान्य खालका औषधिसमेत आउँन छाडे।’ जुनीचाँदेका ११ वटै स्वास्थ्य संस्थामा औषधि अभावमा उपचार सेवा प्रभावित भएको छ । बिरामी रित्तै फर्कन बाध्य छन् । पालिकाले बुधबार मात्र औषधिका लागि टेन्डर गरेको जनाएको छ ।
जुनीचाँदेबाट सिटामोल, जीवनजल, बालभिटा, एल्वेन्डाजोल, मेट्रोनिराजोललगायत औषधि माग गरेको स्वास्थ्य सेवा कार्यालयका प्रमुख डा. भारतीले बताइन् । हालसम्म औषधि नै माग नगर्दा जुनीचाँदेमा औषधि अभाव भएको उनको भनाइ छ । स्वास्थ्य शाखाको लापरबाही र जनप्रतिनिधिको उदासीनताका कारण समयमा औषधि खरिद र आपूर्तिको काम हुन नसकेको उनको दावी छ ।
त्यसको मारमा भूकम्पपीडित परेका छन् । जाजरकोटमा भूकम्पपीडित लाभग्राहीको संख्या ३५ हजार १ सय ४० रहेको तथ्याङ्क छ । अस्थायी आवासका लागि पहिलो किस्ताको रकम ९ हजार ३ सय २५ घरधुरीले मात्र पाउन सफल भए । रकम पाउन नसक्दा अहिलेसम्म जाजरकोटमा एकाधबाहेक अस्थायी आवास निर्माण हुन सकेका छैनन् । मानिस अहिले पनि पुसको कठ्यांग्रिँदो चिसोमा त्रिपालमा रात कटाउन बाध्य छन् । तर राजनैतिक दल भने यती आवास बनायौं भन्दै सामाजिक संजालमा फोटो भरिभराउ गर्न व्यस्त छन् ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।
म्याग्दी । म्याग्दीको सदरमुकाम बेनी बजारसँगै रहेको पर्वतको जलजला गाउँपालिका–१ बाँसखर्कको बजारमारेका जगतबहादुर खत्रीलाई चार दशकअघि सुन्तला खेती शुरू गर्दा परिवारका सदस्य र छिमेकीले भोकै बस्नुपर्ला भनेर डर देखाएका...
काठमाडौं । चालु आर्थिक वर्षको पहिलो ६ महिनामा सरकारले सबैभन्दा धेरै हुलाकी राजमार्गमा कालोपत्रे गरेको छ । हुलाकी राजमार्गमा ४२.५ किलोमिटर सडक कालोपत्रे गरेको हो । सरकारले झण्डै २००...
काठमाडौँ । सबैभन्दा कम खर्च अमेरिकाको मिलिनियम च्यालेञ्ज कर्पोरेसन अन्तर्गतको कार्यक्रममा भएको छ । कार्यक्रममा विनियोजित बजेटको जम्मा ८ प्रतिशत बजेट खर्च भएको अर्थ मन्त्रालयले जनाएको छ । विदेशी...
भक्तपुर । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छे (रोहित)ले नेपालमा गणतन्त्र आए पनि गणतन्त्रविरोधीहरू अझै सक्रिय रहेको बताउँनु भएको छ । बागीश्वरी माविको ६६ औँ, बागीश्वरी कलेजको १७...