एनपिएलः सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

एनपिएलः सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य image

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनायो ।

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए। यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११र११ रन बनाए । बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिए । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ ।

प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ । यता सुदूरपश्चिमलाई हराएर कर्णाली प्लेअफमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ । प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ ।

यता सुदूरपश्चिमलाई हराएर कर्णाली प्लेअफमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ । प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ ।

Kailashkhabar.com

Kailashkhabar.com

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । हामी तपाईहरुमा देशविदेशका समाचार र विचार पस्कने गर्छौ । तपाईको आलोचनात्मक सुझाव हाम्रा लागी सधै ग्रह्य छ । हामीलाई पछ्याउनुभएकोमा धन्यवाद । हामीबाट थप पढ्न तल क्लिक गर्नुहोस् ।

कैलाश खवर का अरु लेखहरु पढ्नुस्


hotelghyampedanda



Thali Mobile Pvt.Ltd.