भर्खरै : Sorry, your browser does not support inline SVG.
सरकारको ऋण बढ्दो, नयाँ ऋणको ठूलो हिस्सा पुरानो साँवा–ब्याज तिर्नमै खर्च | एल निनो तीव्र बन्दै, डिसेम्बरमा उत्कर्षमा पुग्ने डब्ल्यूएमओको अनुमान | चाडपर्वमा हवाई यात्रुलाई राहत, सस्तो दरमै टिकट बेच्न वायुसेवा कम्पनी सहमत | एनपीएलको तयारी तीव्र, त्रिवि क्रिकेट मैदानको स्वरूप बदलिँदै | काठमाडौंमा लुटपाट र मोटरसाइकल चोरीमा संलग्न ‘माझी गिरोह’का नाइकेसहित तीन जना पक्राउ | दशैँ नजिकिएसँगै नयाँबसपार्कमा घर फर्किनेको चाप बढ्यो | भक्तपुरको शिक्षा प्रणालीबारे वरिष्ठ शाखा अधिकृत प्रशिक्षार्थीले लिए जानकारी | बाजुरामा ड्रागन फ्रुटको व्यावसायिक खेती, पाँच रोपनीबाट वार्षिक लाखौँ आम्दानी |

एनपिएलः सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

एनपिएलः सुदूरपश्चिमलाई १०२ रनको लक्ष्य

काठमाडौँ । नेपाल प्रिमियर लिग एनपिएल अन्तर्गत लिग चरणको अन्तिम खेलमा जितका लागि कर्णाली याक्सले सुदूरपश्चिम रोयल्सलाई एक सय दुई रनको सामान्य लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबार बिहान टस हारेर पहिले ब्याटिङको निम्तो पाएको कर्णालीले निर्धारित २० ओभरमा सबै विकेटको क्षतिमा एक सय एक रन बनायो ।

कर्णालीका लागि जिसन मक्सुदले ३० रन बनाए। यस्तै विलियम बसिस्टोले १६, बाबर हायतले १३, चादविक बाल्टन र कप्तान सोमपाल कामीले ११र११ रन बनाए । बलिङमा सुदूरपश्चिमका हरमित सिंहले तीन विकेट लिए। यस्तै कप्तान दीपेन्द्रसिंह ऐरी र स्कट कुग्लेजिनले दुई दुई तथा सईफ जैवले एक विकेट लिए । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ ।

प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ । यता सुदूरपश्चिमलाई हराएर कर्णाली प्लेअफमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ । प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ ।

यता सुदूरपश्चिमलाई हराएर कर्णाली प्लेअफमा सजिलै स्थान बनाउने लक्ष्यमा छ । यदि कर्णालीले सुदूरपश्चिमसँग फराकिलो हार खेपेमा काठमाडौँ गुर्खाजको प्लेअफ पुग्ने सम्भावना रहन्छ । आजको यस खेलले एनपिएल प्लेअफ समीकरण पूरा हुनेछ । प्लेअफमा स्थान बनाईसकेको सुदूरपश्चिम आजको जित वा झिनो अन्तरको हारले पनि शीर्ष दुईमा रहने पक्का छ ।

 


Thali Mobile Pvt.Ltd.