भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

निमित्तलाई पूर्ण आर्थिक अधिकार नहुने भएकाले कार्यसम्पादनमा समस्या

निमित्तलाई पूर्ण आर्थिक अधिकार नहुने भएकाले कार्यसम्पादनमा समस्या

काठमाण्डौ । १८ वटा सरकारी कार्यालयहरु निमित्तको भरमा सञ्चालन भइरहेका छन् । हिमाली जिल्ला सोलुखुम्बुका चार वटा पालिकासहित १८ वटा सरकारी कार्यालय निमित्तको भरमा सञ्चालन भएका हुन ।

निमित्तको भरका रहेका पालिकाहरुमा थुलुङ दुधकोशी गाउँपालिका, माप्यदुधकोशी गाउँपालिका, सोताङ गाउँपालिका र नेचासल्यान गाउँपालिका रहेका छन् । अन्य कार्यालयहरुमा जिल्ला हुलाक कार्यालय, जिल्ला निर्वाचन कार्यालय, मालपोत कार्यालय, कारागार कार्यालय, डिभिजन वन कार्यालय, जिल्ला अस्पताल, कृषि ज्ञान केन्द्र र घरेलु तथा साना उद्योग कार्यालय रहेका छन् ।

जिल्ला सदरमुकाममा रहेका १२ वटा, सदरमुकाम बाहिरका दुई वटा सरकारी अड्डा र चार वटा पालिकाका कार्यालय प्रमुख विहीन भएका हुन् । निमित्तलाई पूर्ण आर्थिक अधिकार नहुने भएकाले कार्यसम्पादनमा समस्या हुने गरेको छ ।

नेपाल टेलिकम, नेपाल खाद्य तथा व्यापार कम्पनी, नेपाल नागरिक उड्ययन प्राधिकरण फाप्लु, खानेपानी तथा सरसफाइ कार्यालय, सीमा प्रशासन कार्यालय नाम्चे र इलाका प्रशासन कार्यालय सोताङ रहेका छन्।

 

 


Thali Mobile Pvt.Ltd.