भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

ओलीको कटाक्षः जाजरकोट र रुकुममा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहियाे

ओलीको कटाक्षः जाजरकोट र रुकुममा भिडभाड होइन त्रिपाल, खाद्यान्न र औषधी चाहियाे

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपतमा प्रचार भन्दा सेवा महत्त्वपूर्ण हुने भएकाले सबैले सेवाभाव राखेर काम गर्नुपर्ने सुझाव दिएका छन् । पूर्वप्रधानमन्त्रीसमेत रहेका ओलीले आफ्नो फेसबुक पेजमार्फत जाजरकोट र रुकुम पश्चिममा अहिले भिडभाड भन्दा त्रिपाल, खाद्यान्न लत्ताकपडा र औषधी चाहिएको बताएका हुन्।

ओलीले लेखेका छन् , ‘जाजरकोट र पश्चिम रुकुमको भूकम्प प्रभावित क्षेत्रमा यतिखेर अस्थायी आवासका लागि त्रिपाल, खाद्यान्न, लत्ताकपडा, घाइतेका लागि औषधि उपचार चाहिएको छ । विपतको यो समयमा हामीले त्यहाँ तत्कालको आवश्यकता पूरा गर्ने काम गर्नु पर्छ । ’

त्यस्तै ओली भूकम्पपछि उद्धार र उपचारमा खट्नुहुने सबैप्रति आभार व्यक्त गरेका छन् ।

 


Thali Mobile Pvt.Ltd.