भर्खरै : Sorry, your browser does not support inline SVG.
मुख्य राजमार्गहरूमा बाढी–पहिरोको कहर, कतै सडक बन्द त कतै एकतर्फी सञ्चालन | काभ्रेमा पानीको स्रोत जोगाउन ‘पानी–पुनजीर्वित कार्यक्रम’ सञ्चालन | युक्रेन युद्धको विरोध गर्ने रुसी विपक्षी नेता श्लोसबर्गलाई ११ वर्ष जेल | ग्यासका लागि घण्टौँ लाइन, पैसा तिर्‍यो तर बिल पाएनन् उपभोक्ता | जापानिज इन्सेफलाइटिसबाट ६३ संक्रमित, १६ जनाको मृत्यु, अधिकांश मृतकले खोप नलगाएको पुष्टि | दुर्गा प्रसाईंसँग वार्ता गर्न सरकारको टोली गठन, आन्दोलनरत पक्षलाई वार्तामा आउन आह्वान | चिनीको भाउ एक महिनामै २० रुपैयाँसम्म बढ्यो, अभावको हल्लाले उपभोक्ता त्रसित | मकवानपुरमा मुख्य न्यायाधीश डाँगीको परिवार सवार स्कोर्पियो दुर्घटना |

बुधबार मौसम आंशिक बदली, शुक्रबार काठमाण्डौ उपत्यकासम्म वर्षा हुँने

बुधबार मौसम आंशिक बदली, शुक्रबार काठमाण्डौ उपत्यकासम्म वर्षा हुँने

काठमाण्डौ । देशका धेरै ठाउँमा बुधबार मौसम आंशिक बदली भएको छ । काठमाण्डौ उपत्यकासहित देशका धेरै ठाउँमा मौसम बदली भएको हो ।

पश्चिमी वायुको साथै पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेकोले हिमाली क्षेत्रमा आंशिकदेखि साधरणतया बद्ली रही एक–दुई ठाउँमा हल्का हिमपातको पनि सम्भावना रहेको मौसमविद्ले जनाएका छन् । बाग्मती, गण्डकी र कोशी प्रदेशमा बुधबार आंशिक बदलीको अवस्था रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पहाडी क्षेत्रमा आंशिकदेखि साधरणतया बदली रहने सम्भावना छ भने तराईमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने मौसमविद्ले बताएका छन् । मंगलबार बेलुका काठमाण्डौ उपत्यका, डडेलधुरा, दिपायललगायत केही ठाउँमा सामान्य हिउँदे वर्षा भएको छ । उच्च पहाडी र हिमाली क्षेत्रमा हिमपात र कतैकतै हल्का वर्षा भएको छ ।

बुधबार मौसममा क्रमिक सुधार भए पनि पर्सि शुक्रवार रातिदेखि फेरि अर्को प्रणाली आउने सम्भावना देखिएको छ । यो प्रणालीले पश्चिम नेपालमा धेरै प्रभाव पर्ने भए पनि काठमाण्डौ उपत्यकासम्म नै वर्षा गराउने मौसमविद्ले बताएका छन् । बुधबार बिहान तराई तथा काठमाण्डौका केही ठाँउमा हुस्सु तथा कुहिरो लागेको छ । काठमाण्डौको न्यूनतम तापक्रम हिजोको तुलनामा आज बढेर बिहान ७ दशमलव ५ डिग्री सेल्सियस मापन भएको छ ।

मंगलबार काठमाण्डौको न्यूनतम तापक्रम ४ दशमलव ८ डिग्री सेल्सियस थियो । गएको आइतवार रातिदेखि सुदूरपश्चिम क्षेत्रबाट शुरु भएको मौसम बदलीले हिजो देशका धेरै जसो ठाउँमा प्रभाव पारेको थियो ।

 


Thali Mobile Pvt.Ltd.