भर्खरै : Sorry, your browser does not support inline SVG.
भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा | सहयोगका नाममा गैरकानुनी असुली गर्नेलाई कारबाही गर्न गृह मन्त्रालयको निर्देशन | नेपालसँग सन् २०२७ भित्र द्विपक्षीय क्रिकेट श्रृंखला खेल्न बङ्गलादेश सकारात्मक | बाल सुधार गृह कि बन्दीगृह? ४६ प्रतिशत बालबालिकामा डिप्रेसनसहित मानसिक समस्या | नयाँ टीबी खोपले एक दशकमा ७३ लाखभन्दा बढी जीवन बचाउन सक्ने गाभीको दाबी | बाढी र पहिरोले यी ९ सडकखण्ड अवरुद्ध, कहाँ-कहाँ रोकियो यातायात ? | ग्यासको आयात र बिक्री बढ्दासमेत उपभोक्तालाई राहत छैन, अझै लाइनमा बस्नुपर्ने बाध्यता | अमेरिकी दबाबपछि इरानका परमाणु प्रमुखलाई भियना प्रवेशमा रोक |

स्रोत नखुलेको रकम सहित रौतहटबाट एकजना पक्राउ

स्रोत नखुलेको रकम सहित रौतहटबाट एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित गौर नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–१ स्थित राईसल मिलको पूर्व–दक्षिण कुनाको बाटोमा शंकास्पद गतिविधि देखेर जाँच गर्दा स्रोत नखुलेको रकमसहित ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाललाई पक्राउ गरेको हो ।

रकमको स्रोतबारे आवश्यक कागजात माग्दा प्रस्तुत गर्न नसकेपछि जयसवाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको रकमसहित पक्राउ परेका जयसवालमाथि गैरकानुनी लेनदेन वा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आशंका रहेको प्रहरीले जनाएको छ।

जाँचका क्रममा ५०० दरका २०० थान र एक हजार दरका ५०० थान नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.