भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

स्रोत नखुलेको रकम सहित रौतहटबाट एकजना पक्राउ

स्रोत नखुलेको रकम सहित रौतहटबाट एकजना पक्राउ

रौतहट । रौतहट प्रहरीले एकजनालाई पक्राउ गरेको छ। प्रहरीले स्रोत नखुलेको ६ लाख रुपैयाँसहित गौर नगरपालिका–१ बाट पक्राउ गरेको हो ।

जिल्ला प्रहरी कार्यालय रौतहटको टोलीले गौर नगरपालिका–१ स्थित राईसल मिलको पूर्व–दक्षिण कुनाको बाटोमा शंकास्पद गतिविधि देखेर जाँच गर्दा स्रोत नखुलेको रकमसहित ५४ वर्षीय वीरेन्द्रकुमार जयसवाललाई पक्राउ गरेको हो ।

रकमको स्रोतबारे आवश्यक कागजात माग्दा प्रस्तुत गर्न नसकेपछि जयसवाललाई पक्राउ गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्रोत नखुलेको रकमसहित पक्राउ परेका जयसवालमाथि गैरकानुनी लेनदेन वा अन्य आपराधिक गतिविधिमा संलग्न रहेको आशंका रहेको प्रहरीले जनाएको छ।

जाँचका क्रममा ५०० दरका २०० थान र एक हजार दरका ५०० थान नोट फेला परेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।

 


Thali Mobile Pvt.Ltd.