भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

एक करोड ३२ लाख ११ हजार तीन सय ४९ जना कृषि क्षेत्रमा आबद्ध

एक करोड ३२ लाख ११ हजार तीन सय ४९ जना कृषि क्षेत्रमा आबद्ध

काठमाण्डौ । १८ वर्षभन्दा माथिका एक करोड ३२ लाख ११ हजार तीन सय ४९ जना कृषि क्षेत्रमा आबद्ध छन् । दिगो विकास लक्ष्यको सूचकसम्बन्धी राष्ट्रिय कृषि गणना २०७८ बाट प्राप्त नतिजाले उक्त संख्या कृषि क्षेत्रमा देखाएको हो । राष्ट्रिय तथ्याङ्क कार्यालयले बिहीवार सार्वजनिक गरेको तथ्याङ्कअनुसार कृषिमा महिलाको सहभागिता बढी रहे पनि कृषि जग्गामा पुरुषको स्वामित्व धेरै रहेको पाइएको छ ।

महिलाको सङ्ख्या ६८ लाख ६३ हजार चार सय १२ र पुरुषको सङ्ख्या ६३ लाख ४७ हजार नौ सय ३६ रहेको छ । राष्ट्रिय कृषिगणना २०७८ बाट प्राप्त नतिजाले कृषि जग्गामा स्वामित्व वा हक सुरक्षित हुने वयस्क (१८ वर्ष वा त्योभन्दा माथि) कृषि जनसङ्ख्याको प्रतिशत ३१ दशमलव चार रहेको देखाएको छ ।

प्रदेशगतरूपमा हेर्दा यो प्रतिशत सबैभन्दा बढी गण्डकी प्रदेशमा ३४ दशमलव छ र सबैभन्दा कम कर्णाली प्रदेशमा २९ प्रतिशत रहेको छ । कृषि क्षेत्रमा महिलाको सहभागिता ५२ प्रतिशत भए पनि कृषि जग्गामा स्वामित्व तथा हक सुरक्षण भने ३४ दशमलव चार प्रतिशत मात्रै रहेको तथ्याङ्कले देखाएको हो । त्यसमध्ये पुरुषको स्वामित्व ६५ दशमलव छ प्रतिशत रहेको छ ।

कृषि गणनाको आधारमा लैङ्गिक विश्लेषणको दृष्टिकोणले किसान परिवारमा रहेका कुल वयस्क पुरुषमध्ये ४२ दशमलव नौ प्रतिशतको कृषि जग्गामा स्वामित्व छ भने वयस्क महिलाको हकमा यो प्रतिशत २० दशमलव आठ मात्र रहेको छ ।

प्रदेशगतरूपमा हेर्दा वयस्क पुरुषको यो प्रतिशत सबैभन्दा बढी बाग्मती प्रदेशमा ४७ दशमलव छ प्रतिशत र सबैभन्दा कम मधेस प्रदेशमा ४० दशमलव एक प्रतिशत रहेको छ । वयस्क महिलाको हकमा यो प्रतिशत सबैभन्दा बढी गण्डकी प्रदेशमा २४ दशमलव दुई प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशमा १६ दशमलव तीन प्रतिशत रहेको तथ्याङ्कले देखाएको छ ।

 


Thali Mobile Pvt.Ltd.