भर्खरै : Sorry, your browser does not support inline SVG.
नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी | राखेप बोर्डमा पहिलोपटक खेलाडीको वर्चश्व, पूर्वखेलाडीको संख्या बढ्यो | युवाका लागि पर्याप्त र मर्यादित रोजगारी सिर्जना गर्नुपर्ने | एलपी ग्यासको अभाव अझै हटेन, एक साताभित्र आपूर्ति सहज हुने निगमको दाबी | सामाजिक सञ्जालको दुरुपयोग रोक्न नेपाल प्रहरी प्रविधिमैत्री बन्दै | इन्डोनेसियामा यात्रुवाहक डुङ्गामा भीषण आगलागी, ११२ जनाको सकुशल उद्धार | दुई साता बित्यो, कर्णाली सरकार अझै अधुरै : मुख्यमन्त्रीमाथि आफ्नै दल र एमालेको दबाब |

मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

मोटरसाइकल दुर्घटना हुँदा पाल्पामा एक जनाको मृत्यु

काठमाडौं । मोटरसाइकल दुर्घटना हुँदा पाल्पाको रम्भा गाउँपालिका–१ भुमरमा एक जनाको मृत्यु भएको छ । पिपलडाँडाबाट हुँगीतर्फ जाँदै गरेको ग १४ प ३७५ नम्बरको मोटरसाइकल आइतबार राति करिब १० बजे कालीगण्डकी करिडोरमा दुर्घटना भएको हो ।

मृत्यु हुनेमा रम्भा गाउँपालिका–१ असर्दी बस्ने २८ वर्षीय हेमन्त जी.टी.रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । मोटरसाइकल चालक जी.टी.को दुर्घटनास्थलमै मृत्यु भएको थियो । उनको शवलाई रामपुर अस्पताल पाल्पा पठाइएको छ । मोटरसाइकल कालीगण्डकी नदी किनारमा खसेको छ ।

 


Thali Mobile Pvt.Ltd.