भर्खरै : Sorry, your browser does not support inline SVG.
क्यानडालाई ईयूको पहिलो ‘एसोसिएट सदस्य’ बनाउने प्रस्ताव, रक्षा र व्यापारमा सहकार्य विस्तारको संकेत | जलवायु न्यायको मागसहित ४९ बुँदे घरपझोङ घोषणापत्र जारी, हिमाल संरक्षणलाई विश्वव्यापी प्राथमिकता दिन आह्वान | पश्चिम चितवनका ४ हजार ७ सय हेक्टर खेतमा नारायणीको पानी, महिनामा ४२ लाख विद्युत् खर्च | धनुषामा कपडाको पेटीमा लुकाएको १३ लाख ६५ हजार रुपैयाँसहित भारतीय नागरिक पक्राउ | विश्वकर्मा पूजामा भद्रकालीमा बिहानैदेखि श्रद्धालुको भीड, सवारीसाधन र औजारको पूजा | नेपालगन्जमा जलेर नष्ट भएका ३१ हजार लालपुर्जाको स्रेस्ता कायम | जन्मभूमिको पीडाले जापानबाट नेपाल तान्यो डंगोललाई, १५० बाढीपीडित परिवारलाई नगद राहत | भोटेकोशी बाढीपछि चिन्तित छन् त्रिशूली किनारका बासिन्दा |

नेपालीको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने

नेपालीको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने

काठमाण्डौ । नेपालको जीडीपी एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले पाँच वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य लिइएको हो ।

१६ औँ योजनाले आर्थिक वर्ष २०८५ र ०८६ मा नेपालको आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । यस्तै पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने १६ औँ योजनाको लक्ष्य छ । अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर रहेको छ ।

आयोगले १६ औँ आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५ र ०८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन एक सय तीन खर्ब सात अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी गराएको हो । चालु आर्थिक वर्ष जीडीपी ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा पाँच वर्षमा एक सय तीन खर्ब सात अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगले जनाएको छ ।

१६ औँ योजनाले बिजुली उत्पादन ११ हजार सात सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य लिएको छ । त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.