भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

नेपालीको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने

नेपालीको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने

काठमाण्डौ । नेपालको जीडीपी एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य लिइएको छ । राष्ट्रिय योजना आयोगले पाँच वर्षमा नेपालको कुल गार्हस्थ्य उत्पादन एक सय खर्ब रुपैयाँभन्दा माथि पुर्‍याउने लक्ष्य लिइएको हो ।

१६ औँ योजनाले आर्थिक वर्ष २०८५ र ०८६ मा नेपालको आर्थिक वृद्धिदर सात दशमलव तीन प्रतिशत पुर्‍याउने लक्ष्य लिएको छ । यस्तै पाँच वर्षपछि नेपालीको प्रतिव्यक्ति आय वार्षिक दुई हजार तीन सय ५१ अमेरिकी डलर पुर्‍याउने १६ औँ योजनाको लक्ष्य छ । अहिले नेपालीको प्रतिव्यक्ति आय एक हजार चार सय ५६ अमेरिकी डलर रहेको छ ।

आयोगले १६ औँ आवधिक योजनाको लक्ष्यहरू सार्वजनिक गर्दै आर्थिक वर्ष २०८५ र ०८६ सम्म नेपालको कुल गार्हस्थ्य उत्पादन एक सय तीन खर्ब सात अर्ब रुपैयाँ पुर्‍याउने लक्ष्य रहेको जानकारी गराएको हो । चालु आर्थिक वर्ष जीडीपी ५७ खर्ब माथि पुग्ने अनुमानका आधारमा पाँच वर्षमा एक सय तीन खर्ब सात अर्ब रुपैयाँ पुग्ने लक्ष्य राखेको आयोगले जनाएको छ ।

१६ औँ योजनाले बिजुली उत्पादन ११ हजार सात सय ६९ मेगावाट र विद्युत् पहुँच शतप्रतिशत जनसङ्ख्यामा पुर्‍याउने र इन्टरनेट ९० प्रतिशत जनसङ्ख्यामा पुर्‍याउने लक्ष्य लिएको छ । त्यस्तै कृषि क्षेत्रमा २१ प्रतिशत योगदान र गैरकृषि क्षेत्रमा ७९ प्रतिशत पुर्‍याउने लक्ष्य योजनाले राखेको छ ।

 


Thali Mobile Pvt.Ltd.