भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

भारतको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा हवाई आक्रमण, दुई बालबालिकासहित ९ को मृत्यु

भारतको ‘अपरेशन सिन्दूर’ अन्तर्गत पाकिस्तानमा हवाई आक्रमण, दुई बालबालिकासहित ९ को मृत्यु

एजेन्सी | भारतले गएराति ‘अपरेशन सिन्दूर’ नाम दिएर पाकिस्तानका विभिन्न ९ स्थानमा लक्षित हवाई आक्रमण गरेको छ। आक्रमणमा दुई बालबालिकासहित ९ जनाको मृत्यु भएको र ३५ जना घाइते भएको पाकिस्तानी सञ्चारमाध्यमहरूले जनाएका छन्।

भारतीय सेनाले आतंकवादी शिविरहरूलाई लक्षित गरेर कारबाही गरिएको दाबी गरे पनि पाकिस्तानी पक्षले सर्वसाधारणको घरमा आक्रमण भएको बताएको छ। भारतीय सेनाले भने पाकिस्तानी सैन्य प्रतिष्ठानहरू लक्षित नगरिएको स्पष्ट पारेको छ।

आक्रमणपछि पाकिस्तानले भारतका दुई लडाकु विमान खसालेको दाबी गरेको छ भने लाहोर अन्तर्राष्ट्रिय विमानस्थलमा आपतकालीन अवस्था घोषणा गरिएको छ। सुरक्षा सतर्कता स्वरूप एयरपोर्ट खाली गराइएको छ। यो कारबाही अप्रिल २२ मा जम्मु–कश्मीरको पहलगाममा भएको आतंकवादी आक्रमणको जवाफस्वरूप गरिएको भारतकाे दाबी छ। सो आक्रमणमा एक नेपालीसहित २६ पर्यटकको मृत्यु भएको थियो। घटनाको अनुसन्धान भारतको राष्ट्रिय अनुसन्धान एजेन्सी (NIA) ले गरिरहेको छ।

भारतीय विदेश मन्त्रालयका अनुसार अमेरिका, बेलायत, साउदी अरेबिया, यूएई र रुसलगायतका प्रमुख मुलुकहरूलाई आक्रमणबारे जानकारी दिइएको छ। हवाई कारबाहीका कारण उत्तरी भारतका केही उडानहरू प्रभावित भएका छन्।

पाकिस्तानी प्रधानमन्त्री शहबाज शरिफले भारतको कदमलाई “युद्धको उक्साहट” भन्दै कडा रूपमा विरोध जनाएका छन् । उनले यस कदमको बलियो जवाफ दिने चेतावनी दिएका छन्।

यसैबीच, संयुक्त राष्ट्रसंघले दुबै पक्षलाई संयमता अपनाउन र तनाव नबढाउन आग्रह गरेको छ। दक्षिण एशियाली क्षेत्रको शान्ति र स्थायित्वका लागि यो घटनाले गम्भीर चुनौती खडा गरेको छ।

 


Thali Mobile Pvt.Ltd.