भर्खरै : Sorry, your browser does not support inline SVG.
बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द | स्रोत नखुलेको साढे ४ लाख भारतीय रुपैयाँसहित वीरगन्जबाट भारतीय नागरिक पक्राउ | बाढी–पहिरोको असर कायमै : रसुवा र नुवाकोटका मुख्य सडक अवरुद्ध, धादिङमा एकतर्फी यातायात | विपद्का बेला सरकारलाई ओलीको सुझाव : राज्यशक्तिको दुरुपयोग नगर्नू, सहकार्यका लागि एमाले तयार छ | मनसुनी प्रभाव कायमै : आज पाँच प्रदेशमा भारी वर्षाको सम्भावना | ड्युटीमा रहेका चिकित्सक र नर्ससहित ६ कर्मचारी कामकाजबाट हटाइए | इराकी भूभागबाट ड्रोन आक्रमण भएको दाबीपछि साउदीले बन्द गर्‍यो महत्वपूर्ण तेल पाइपलाइन | बाढीपछि पुनर्निर्माणमा नयाँ रणनीति : जलविद्युत् र पूर्वाधारलाई जलवायु उत्थानशील बनाइने |

भाषा र संस्कृति रहेन भने हाम्रो परिचय समाप्त हुन्छः मेयर प्रजापति

भाषा र संस्कृति रहेन भने हाम्रो परिचय समाप्त हुन्छः मेयर प्रजापति

काठमाण्डौ। भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिले काठमाण्डौ उपत्यकालाई देशकै साँस्कृतिक राजधानी बनाउनुपर्ने बताउँनु भएको छ । बुधबार काठमाण्डौमा आयोजित साँस्कृतिककर्मीहरुको भेलालाई सम्बोधन गर्दै उहाँले भाषा, संस्कृति, रहनसहन र सभ्यता विश्वकै उत्कृष्ट रहेको हुँदा काठमाडौं उपत्यउका आफैमा जीवन्त संग्रहालय भएको बताउनु भएको हो ।

उहाँले नेपालमा साँस्कृतिक अतिक्रमण भइरहेकोमा चिन्ता व्यक्त गर्दै भन्नुभयो “भाषा र संस्कृति रहेन भने हाम्रो परिचय समाप्त हुन्छ ।”प्रमुख प्रजापतिले पुर्खाले नासोको रुपमा छोडेको मूर्त तथा अमूर्त सम्पदाहरु संरक्षण गरी पुनःनिर्माण गर्न नयाँ पुस्ता सक्षम हुनुपर्नेमा जोड दिंदै सम्पदा पुनःनिर्माणमा विदेशी सहयोगले मौलिकता गुम्ने खतरा रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिकाले साँस्कृतिक पुनर्जागरण ल्याउने प्रयास गरिरहेको चर्चा गर्दै मौलिक गुँला बाजाको प्रबद्र्र्धन तथा बाजाप्रति नयाँ पुस्ताको आकर्षण बढाउन प्रतियोगिता आयोजना गरेको जानकारी दिनुभयो । गुँला बाजा व्यवस्थापन समिति काठमाण्डौमा अध्यक्ष अमिरमान शाक्यले साँस्कृतिक सम्बन्ध विस्तारका लागि भक्तपुर नगरपालिकाले गरेको प्रयास सकारात्मक रहेको बताउनुभयो ।

भक्तपुर नगरपालिका वडा नं.९ का वडाध्यक्ष रविन्द्र ज्याख्वले नपाको आयोजनामा यही बैशाख २२ गते हुने खुला गुँला बाजा प्रतियोगिताबारे जानकारी दिनुभयो । साँस्कृतिक गुरुहरु डा.पुष्परत्न शाक्य, देवचन्द्र बज्राचार्य, त्रिरत्न मानन्धरलगायतले बोल्नुभएको उक्त कार्यक्रममा नगरपालिकाका वडाध्यक्षहरु श्यामकृष्ण खत्री र राजकृष्ण गोराको पनि उपस्थिति थियो ।

कार्यक्रममा गुँला बाजा प्रतियोगितालाई उत्सवकै रुपमा मनाउनुपर्ने र देशभरिकै गुँलाबाजाकर्मीहरुलाई सहभागी गराउने वातावरण बनाउन सुझाव दिइएको थियो ।

 


Thali Mobile Pvt.Ltd.