भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ।

इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो। ‘जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुंगा दुर्घटना भएको छ’, आईओएमले जनाएको छ।

जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० भन्दा बढी यात्रु बोकेको अर्को डुंगाडुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ। घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो।

जिबुटीस्थित दूतावासका अनुसार डुंगाले इथियोपियाली आप्रवासीलाई जिबुटीबाट युद्धग्रस्त यमनतर्फ लैजाँदै थियो।

 


Thali Mobile Pvt.Ltd.