भर्खरै : Sorry, your browser does not support inline SVG.
देशभर ५५ डेंगु संक्रमित, कोशी र लुम्बिनी प्रदेश सबैभन्दा बढी प्रभावित | वैदेशिक व्यापार झन्डै १५ प्रतिशतले बढ्दा व्यापार घाटा १६ खर्ब नाघ्यो | खरिद प्रक्रिया ढिलाइ हुँदा ५ लाख रेबिजविरुद्धको खोप आउन सकेन, देशभर आपूर्तिमा असर | राहदानी खरिद प्रकरणमा १८ प्रतिवादीविरुद्ध १० अर्ब १३ करोड रुपैयाँ बिगो दाबीसहित मुद्दा दर्ताको तयारी | सम्पत्ति शुद्धीकरण अनुसन्धानमा एमाले उपाध्यक्ष विष्णु पौडेल पक्राउ, भैँसेपाटीस्थित घरमा पनि छापा | रास्वपाको प्रथम महाधिवेशन आजदेखि चितवनमा, करिब ४ हजार प्रतिनिधि सहभागी हुने | ट्राफिक कारबाहीमा चार लाख ९४ हजार राजस्व सङ्कलन | आइभोरी कोस्टलाई २–१ ले हराउँदै जर्मनी नकआउट चरणमा |

डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

डुंगा दुर्घटनामा १६ आप्रवासीको मृत्यु, २८ जना बेपत्ता

अफ्रिकी राष्ट्र जिबुटी तटीय क्षेत्रमा डुंगा दुर्घटनामा परी कम्तीमा १६ आप्रवासीको मृत्यु भएको छ। २८ जना बेपत्ता भएको संयुक्त राष्ट्रसंघको अन्तर्राष्ट्रिय आप्रवासन संगठनले जनाएको छ।

इथियोपियाली आप्रवासी बोकेको अर्को डुंगा जिबुटीको तटीय क्षेत्रमा डुबेको हो। ‘जिबुटी तटमा बालबालिकासहित ७७ जना आप्रवासी सवार डुंगा दुर्घटना भएको छ’, आईओएमले जनाएको छ।

जिबुटीको उत्तरपूर्वमा पर्ने गोडोरियाको तटमा अप्रिल ८ मा ६० भन्दा बढी यात्रु बोकेको अर्को डुंगाडुबेको आईओएम र जिबुटीस्थित इथियोपियाली दूतावासले जनाएको छ। घटनामा बालबालिकासहित ४४ आप्रवासीको मृत्यु भएको थियो।

जिबुटीस्थित दूतावासका अनुसार डुंगाले इथियोपियाली आप्रवासीलाई जिबुटीबाट युद्धग्रस्त यमनतर्फ लैजाँदै थियो।

 


Thali Mobile Pvt.Ltd.