भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

संघीय संसदको महासचिवमा पद्मप्रसाद पाण्डेय नियुक्त

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले माघ २३ गते मंगलबारदेखि लागू हुनेगरी संघीय संसदको महासचिव नियुक्त गरेका छन् । मंगलबार संघीय संसदका कार्यवाहक महासचिव पद्मप्रसाद पाण्डेयलाई महासचिव पदमा नियुक्त गरिएको हो । संसद सचिवालयका महासचिव भरतराज गौतमले राजीनामा दिएपछि पाण्डेयले कार्यवाहक महासचिवको जिम्मेवारी सम्हाल्दै आएका थिए।

प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षले झन्डै दुई महिनाअघि नै पाण्डेयलाई महासचिव नियुक्तिका लागि सिफारिस गरे पनि राष्ट्रपति पौडेलले बल्ल नियुक्तिको निर्णय गरेका हुन्। उनले प्रतिनिधिसभाको सचिव पदबाट मंगलबारै बुझाएको राजीनामा राष्ट्रपतिले स्वीकृत गर्दै संघीय संसदको महासचिव नियुक्त गरेका हुन्।

 


Thali Mobile Pvt.Ltd.