भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

बसाइँसराइले पार्ने असरबारे अध्ययन आवश्यकः विज्ञ

बसाइँसराइले पार्ने असरबारे अध्ययन आवश्यकः विज्ञ

काठमाण्डौ । बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे वृहत् अध्ययन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाले बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालय नेपालको सहकार्यमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा वक्ताहरूले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका डीन प्राध्यापक डाक्टर कुसुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्याङ्कलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा। हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या अहिले नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताउनुभयो । उहाँले पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी झन्डै ४४ लाख जना नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिनुभयो ।

जनसङ्ख्या विभागका प्रमुख डा। योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.