भर्खरै : Sorry, your browser does not support inline SVG.
कृषि समितिमा सत्तारुढ दलकै सांसदको प्रश्न ‘मन्त्री र सचिव नबोलाउने हो भने समिति किन?’ | एमालेमा ‘शल्यक्रिया’को प्रस्ताव : ओली हटाऊ, कमिटी घटाऊ ! | पत्रकार श्रेष्ठ पक्राउको विरोधमा प्रहरी परिसर अगाडि महासङ्घको धर्ना | फेरि सर्‍यो १०औँ राष्ट्रिय खेलकुदको मिति, मङ्सिर १६ देखि २९ गतेसम्म हुने | बालेनप्रति लक्षित गर्दै देउवाको प्रश्न ‘राजा ज्ञानेन्द्र त सकेनन्, अरूले सक्लान् यहाँ ?’ | रोल्पा पहिरो अपडेट : चार जनाको सनाखत, नौ जना बेपत्ता | नौ वर्षपछि ओखलढुङ्गा –रुम्जाटार सडक पुनः कालोपत्र गरिँदै | बुढीगण्डकी आयोजना अलपत्र पार्न खोजिएको भन्दै सरोकार समितिको आपत्ति, आन्दोलनको चेतावनी |

बसाइँसराइले पार्ने असरबारे अध्ययन आवश्यकः विज्ञ

बसाइँसराइले पार्ने असरबारे अध्ययन आवश्यकः विज्ञ

काठमाण्डौ । बढ्दो आन्तरिक र बाह्य बसाइँसराइले पार्ने विभिन्न असरबारे वृहत् अध्ययन आवश्यक रहेको विज्ञ तथा सरोकारवालाले बताएका छन् ।

संयुक्त राष्ट्र सङ्घको अन्तर्राष्ट्रिय अप्रवासन कार्यालय नेपालको सहकार्यमा त्रिभुवन विश्वविद्यालयको केन्द्रीय जनसङ्ख्या विभागले आज आयोजना गरेको प्राज्ञिक बहसमा वक्ताहरूले हिमालबाट सहरी र तराई क्षेत्र तथा विदेशमा बसाइँसराइ बढ्दो भएकाले यसका कारण र न्यूनीकरणका उपाय खोजी हुनुपर्नेमा आग्रह गरेका छन् ।

त्रिभुवन विश्वविद्यालय मानविकी तथा सामाजिक सङ्कायका डीन प्राध्यापक डाक्टर कुसुम शाक्यले मानिसको जन्म र मृत्यु प्राकृतिक भए पनि बसाइँसराइ अप्राकृतिक भएको बताउँदै पछिल्लो राष्ट्रिय जनगणनामा देखिएको बसाइँसराइका तथ्याङ्कलाई केलाउन उपयुक्त नीति आवश्यक भएकोमा जोड दिनुभयो ।

राष्ट्रिय तथ्याङ्क कार्यालयका उपप्रमुख डा। हेमराज रेग्मीले जन्मदर बढी हुने विगतको समस्या अहिले नेपालमा नरहे पनि बसाइँसराइ एक समस्या र आयाम भएको बताउनुभयो । उहाँले पछिल्लो जनगणनामा नेपालभित्र र विदेशमा गरी झन्डै ४४ लाख जना नेपाली बसाइँसराइ भएको देखिएको जानकारी दिनुभयो ।

जनसङ्ख्या विभागका प्रमुख डा। योगेन्द्रबहादुर गुरुङले बसाइँसराइको असरबारे अध्ययन गर्नु प्रज्ञिक जगतको काम भएकाले त्यसतर्फ लाग्नुपर्ने बताउनुभयो । रासस

 


Thali Mobile Pvt.Ltd.