भर्खरै : Sorry, your browser does not support inline SVG.
सुदूरपश्चिममा जडीबुटीस् न प्रशोधन केन्द्र, न त औषधि उद्योग नै | बाँदर नलाग्ने अकबरे खुर्सानीले चम्कायो वालिङको खेती | हर्मुज जलसन्धिमा इरान–ओमानबीच संयुक्त नौपरिवहन मार्गको सम्झौता हुँदै, बहराइन बैठकमा नजाने | मलेसिया रोजगारीमा सिन्डिकेटको आशंका : २५ म्यानपावरमाथि छानबिन, २५० संस्थाको प्रक्रिया रोकियो | शीतल बजारमा पृथ्वी राजमार्ग खोल्न नेपाली सेनाको ब्लास्टिङ, नयाँ सडक संरचना बनाइँदै | वीरगञ्जको मुख्य सडक विस्तार अन्तिम चरणमा, बाँकी संरचना हटाउने काम तीव्र | रसुवागढी नाका बन्द भएपछि मुस्ताङको कोरलानाकामा बढ्यो कारोबार, १५ दिनमै पौने दुई अर्ब राजस्व | बाढी–पहिरोले यी राजमार्गमा यातायात प्रभावित, केही सडक पूर्ण रूपमा बन्द |

माओवादीले दाबी नछाडे गठबन्धनमा खटपट बढ्ने पक्का

माओवादीले दाबी नछाडे गठबन्धनमा खटपट बढ्ने पक्का

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष पदमा दाबी गर्ने भएको छ। राष्ट्रियसभाको सबैभन्दा ठूलो दल भएकाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्षमा दाबी गर्ने गरी छलफल भएको जनाएको छ ।

राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति बने पनि कोशी प्रदेशमा कांग्रेसले फ्लोर क्रस गरेर एमाले उम्मेदवारलाई जिताएपछि माओवादीमा अध्यक्ष दिन नहुने मत बलियो बनेको माओवादी केन्द्रले जनाएको छ ।

यही माघ ११ गते भएको निर्वाचनबाट ५ सांसद जितेको माओवादी केन्द्र आगामी फागुन २१ पछि १८ सिटका साथ राष्ट्रियसभाको पहिलो दलको हैसियतमा रहने भएको छ।
प्रतिपक्षी दलले सत्तामा हुँदा एउटा विपक्षमा हुँदा अर्को भूमिका खेल्ने गरेकाले सत्ता गठबन्धनका दल र सांसदहरूको प्रतिवाद नपुगेको बताएको स्रोतले जनाएको छ।

कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरेको छ। माओवादीले दाबी नछाड्ने परिस्थितिमा गठबन्धनमा खटपट बढ्ने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.