भर्खरै : Sorry, your browser does not support inline SVG.
सिरियामा दुई पाइपलाइनमा दुर्घटना, ग्यास विस्फोटपछि आगलागी र इन्धन चुहावट | तीन दिनका लागि खुल्दै तातोपानी नाका, मालवाहक गाडीलाई मात्र आवतजावत अनुमति | दसैँमा बजार अनुगमन अष्टमीसम्म मात्रै, महानवमीदेखि टीकाको भोलिपल्टसम्म स्थगित | भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुनाः नेपाली सेना | बाँके राष्ट्रिय निकुञ्जमा जंगल सफारी खुल्यो, बाघ अवलोकन गर्न पर्यटक आकर्षित | मतदाता नामावलीमा थपिए १ लाख ८७ हजारभन्दा बढी मतदाता, १ लाख ५८ हजारको नाम हटाइयो | नेपाल औषधि लिमिटेडको महाप्रबन्धक पदका लागि १३ उम्मेदवार प्रतिस्पर्धामा | यमनको राष्ट्रपति भवनमा हुथी विद्रोहीको क्षेप्यास्त्र प्रहार, ५ जनाको मृत्यु र १६ घाइते |

माओवादीले दाबी नछाडे गठबन्धनमा खटपट बढ्ने पक्का

माओवादीले दाबी नछाडे गठबन्धनमा खटपट बढ्ने पक्का

काठमाडौं । सत्तारुढ नेकपा (माओवादी केन्द्र) ले राष्ट्रियसभाको अध्यक्ष पदमा दाबी गर्ने भएको छ। राष्ट्रियसभाको सबैभन्दा ठूलो दल भएकाले संसदीय दलको कार्यालय सिंहदरबारमा मंगलबार बसेको संसदीय दलको बैठकमा अध्यक्षमा दाबी गर्ने गरी छलफल भएको जनाएको छ ।

राष्ट्रियसभा अध्यक्ष कांग्रेसलाई दिने सहमति बने पनि कोशी प्रदेशमा कांग्रेसले फ्लोर क्रस गरेर एमाले उम्मेदवारलाई जिताएपछि माओवादीमा अध्यक्ष दिन नहुने मत बलियो बनेको माओवादी केन्द्रले जनाएको छ ।

यही माघ ११ गते भएको निर्वाचनबाट ५ सांसद जितेको माओवादी केन्द्र आगामी फागुन २१ पछि १८ सिटका साथ राष्ट्रियसभाको पहिलो दलको हैसियतमा रहने भएको छ।
प्रतिपक्षी दलले सत्तामा हुँदा एउटा विपक्षमा हुँदा अर्को भूमिका खेल्ने गरेकाले सत्ता गठबन्धनका दल र सांसदहरूको प्रतिवाद नपुगेको बताएको स्रोतले जनाएको छ।

कांग्रेसले नेता कृष्णप्रसाद सिटौलालाई अध्यक्ष बनाउने तयारी गरेको छ। माओवादीले दाबी नछाड्ने परिस्थितिमा गठबन्धनमा खटपट बढ्ने देखिएको छ।

 


Thali Mobile Pvt.Ltd.